कलङ्की मन्दिर परिसरमा रक्तदान कार्यक्रम

काठमाडौँ।   नेपाल खेलकुद महासंघ काठमाडौँ जिल्ला कमिटी र गीतापान्चायन मार्ग कल्याणकारी संस्थाको संयुक्त आयोजनामा शनिवार कलङ्की मन्दिर परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरियो ।  उक्त रक्तदान कार्यक्रमको उद्घाटन गर्दै सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठले यस्ता सामाजिक गतिविधिले समाज परिवर्तनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।  आजका युवा खेल क्षेत्रमा प्रवेश गरेर नेपाललाई विश्वमा चिनाउने काममा अग्रसर भएको कारण […]

Dec 21, 2024 - 09:34
 0
कलङ्की मन्दिर परिसरमा रक्तदान कार्यक्रम

काठमाडौँ। 

 नेपाल खेलकुद महासंघ काठमाडौँ जिल्ला कमिटी र गीतापान्चायन मार्ग कल्याणकारी संस्थाको संयुक्त आयोजनामा शनिवार कलङ्की मन्दिर परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरियो । 

उक्त रक्तदान कार्यक्रमको उद्घाटन गर्दै सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठले यस्ता सामाजिक गतिविधिले समाज परिवर्तनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। 

आजका युवा खेल क्षेत्रमा प्रवेश गरेर नेपाललाई विश्वमा चिनाउने काममा अग्रसर भएको कारण नेपाल विश्व रंगमन्चमा परिचित हुदैं गएकाले खेलकुद महासंघले यस्ता रचनात्मक कामलाई निरन्तरता दिदैं नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेट क्षेत्रको उत्थानमा लाग्न पनि सुझाव दिए । 

कार्यक्रममा बागमती प्रदेशका पूर्व न्यायाधीवक्ता ओम थपलियाले सामाजिक काममा अग्रसर दुवै संस्थालाई बधाइदिदैं यस्ता कार्यक्रम बार्षिक क्यालेण्डर नै बनाएर आगामी दिनमा गर्न सुझाव दिए । 

रक्तदान कार्यक्रममा वरिष्ठ समाजसेवी तथा पूर्व जिमन्याष्टिक खेलाडी बीरबहादुर थापालाई सम्मान गरिएको थियो । थापाले कलंकीको विकासकालागि गर्नु भएको योदगान अतुलनीय रहेको स्थानीयहरु बताउँछन् । 

कार्यक्रमको सभापतित्व नेपाल केलकुद महासंघ काठमाडौँ जिल्ला कमिटी अध्यक्ष राजेश्वरमान स्थापितले गरेका थिए भने गीतापान्चायन मार्ग कल्याणकारी समाजका वरिष्ठ सल्लाहकार सुरथ पोखरेल, कामनापा १४ की पूर्व अध्यक्ष शोभा सापकोटा, नेपाल केलकुद महासंघ काठमाडौँ जिल्ला कमिटीका सचिव सुरेन्द्रकुमार दाहालले रक्तदानको महत्वका बारेमा प्रकाश पार्नुका साथै दुवै संस्थाले पवित्र उदेश्य लिएर रक्तदान कार्यक्रम आयोजना गर्नु आफैमा पुण्यको काम भएको बताएका थिए । 

उक्त रक्तदान कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा ५० भन्दा बढी सहभागी भएपनि रक्तदान गर्न मिल्ने ३० जनाले मात्रै रक्तदान गरेको कल्याणकारी समाजका सचिव विष्णु सापकोटाले जानकारी दिए । 


 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register