लमजुङमा आठ हजार ६ सय ४० मेट्रिक टन कोदो उत्पादन

लमजुङ।  लमजुङमा यसवर्ष आठ हजार ६ सय ४० मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । जिल्लामा सात हजार दुई सय हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको केन्द्रले जनाएको हो । जिल्लामा गत बर्ष मात्र सात हजार तीन सय २७ टन कोदो उत्पादन भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष […]

Dec 21, 2024 - 08:25
 0
लमजुङमा आठ हजार ६ सय ४० मेट्रिक टन कोदो उत्पादन

लमजुङ। 

लमजुङमा यसवर्ष आठ हजार ६ सय ४० मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । जिल्लामा सात हजार दुई सय हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको केन्द्रले जनाएको हो ।

जिल्लामा गत बर्ष मात्र सात हजार तीन सय २७ टन कोदो उत्पादन भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष प्रति हेक्टर एक दशमलव २ मेट्रिक टनका दरले कोदो उत्पादनमा वृद्धि भएको छ भने गतवर्ष एक दशमलव ०२ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी एवं कृषि बाली संरक्षण विजय पौडेलले बताए ।

प्राविधिक सहायक समीक्षा सेढाईका अनुसार किसानहरुले स्थानीय जातको कोदो उत्पादन गर्दे आएका छन् । जिल्लामा विशेष गरी राइनास, दोर्दी र क्व्होलासोथारमा बढी कोदो उत्पादन हुँदै आएको छ ।

त्यसै गरी स्थानीय तहले पनि रैथाने बाली संरक्षणका लागि कोदोमा विशेष अनुदान दिन थालेपछि किसानहरुले कोदो खेतीलाई प्रथामिकता दिएका छन् ।  गत आर्थिक वर्ष २०८०-०८१ मा उत्पादनमा आधारित अनुदान अन्र्तगत राइनास नगरपालिकाले आठ लाख आठ हजार एक सय ४५ रुपैया वितरण गरेको थियो ।

स्वास्थ्यको दृष्टिले कोदो ज्यादै उपयुक्त मानीन्छ । मदिरा बाहेक कोदोजन्य परिकारहरु अहिले विशेष गरी घरवास सञ्चालन भएको गाउँहरुमा वढी प्रयोग गर्ने गरिएको छ ।  अन्य खाद्यान्नको तुलनामा कोदोमा बढी पौष्टिक तत्व पाइने भए पनि सर्वसाधरणमा पर्याप्त ज्ञान नहुँदा कोदो जाँडरक्सीमा परिणत हुने गरेको छ । यद्यपि गाउँगाउँमा होमस्टे सञ्चालनमा आउन थालेपछि होमस्टेहरुमा वढी मात्रामा कोदोको सेलरोटी, कोदाको ढिँडो, कोदोको केक, बिस्कुट लगायतका परिकारहरु बनाउन थालेका छन् ।

विगतमा कोदोलाई विपन्न वर्गले प्रयोग गर्ने खाद्यान्न भनी हेलाको दृष्टिले हेरिने गरेपनि आजकल सवैको सोखको खानाको रुपमा प्रयोग गर्ने गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register