विराटनगर किंग्सको जर्सी र एन्थम सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किंग्सले जर्सी र एन्थम सार्वजनिक गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर किंग्सका मालिक पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछानेले मंगलबार विराटनगरमा आयोजित कार्यक्रमा जर्सी सार्वजनिक गरेका हुन् । सोही अवसरमा टोलीको एन्थम (गीत) पनि सार्वजनिक गरिएको छ । गीतमा विराटनगरका ब्रान्ड एम्बासडर […]

Nov 20, 2024 - 01:17
 0
विराटनगर किंग्सको जर्सी र एन्थम सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किंग्सले जर्सी र एन्थम सार्वजनिक गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर किंग्सका मालिक पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछानेले मंगलबार विराटनगरमा आयोजित कार्यक्रमा जर्सी सार्वजनिक गरेका हुन् ।

सोही अवसरमा टोलीको एन्थम (गीत) पनि सार्वजनिक गरिएको छ । गीतमा विराटनगरका ब्रान्ड एम्बासडर तथा र्‍यापर कुशल पोखरेलले आवाज दिएका छन् ।

टोलीले ‘द फेस अफ विराटनगर’का रुपमा गायिका रचना रिमाललाई सार्वजनिक गरेको छ । टोलीको गुडविल एम्बासडरमा भने अभिनेता दयाहाङ राई छन् ।

विराटनगरको मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्राइन रहेका छन् । विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपीएल हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा विराटनगरसँगै, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।

विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।

यस्तो छ विराटनगर किङ्स टोली :

सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register