अग्यौली खानेपानी गण्डकीमै उत्कृष्ट

नवलपरासी । जिल्लाको डण्डा स्थित अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गण्डकी प्रदेशकै उत्कृष्ट घोषित भएको छ ।अग्यौली खानेपानी संस्थाले बुधबार पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी दिएको हो । खानेपानी तथा ढल व्यवस्थापन भिभागको ५३ ‌औं स्थापना दिवशका अवसरमा अग्यौली खानेपानीलाई सुरक्षित पिउनेपानी, कार्यप्रगति र स्तर बृद्धिका आधारमा समग्र गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा गरेको […]

Nov 21, 2024 - 03:40
 0
अग्यौली खानेपानी गण्डकीमै उत्कृष्ट

नवलपरासी ।


जिल्लाको डण्डा स्थित अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गण्डकी प्रदेशकै उत्कृष्ट घोषित भएको छ ।
अग्यौली खानेपानी संस्थाले बुधबार पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी दिएको हो ।


खानेपानी तथा ढल व्यवस्थापन भिभागको ५३ ‌औं स्थापना दिवशका अवसरमा अग्यौली खानेपानीलाई सुरक्षित पिउनेपानी, कार्यप्रगति र स्तर बृद्धिका आधारमा समग्र गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा गरेको हो ।


खानेपानी बिभागले देशका ७ वटा प्रदेशका १ र१ उत्कृष्ट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था छनौट गरि प्रशंसापत्र द्वारा सम्मानित गरेको छ । सो अवसरमा संस्थाका कार्यबाहक अध्यक्ष गोपाल श्रीपालीले सम्पूर्ण उपभोक्ता,कार्य समिति, लेखा समिति, कर्मचारी तथा प्राविधिकहरूलाई बधाई दिदै आगामी दिनमा पनि आम उपभोक्ता माझ शुद्ध पिउने पानी तथा गुणस्तरीय सेवा प्रदान गर्ने बताए ।


२४ सै घण्टा डवल फिल्टर्ड पिउने पानी,महिला उपभोक्ताका नाममा १५ प्रतिसत धारा जडान शुल्कमा छुट, ५ युनिट सम्म खानेपानी खपत गर्ने ग्राहकको शुल्क मिनाहा, विपन्नलाई समुहगत धारामा जडान शुल्क मिनाहा जस्ता व्यवस्था अग्यौली खानेपानी आयोजनाले गरेको छ ।


भूमिगत जलस्रोतमा आधारित ओभरहेड मध्ये २ वटा सौर्यशक्तिबाट संचालनमा रहेको सम्मेलनमा जानकारी दिईयो ।
अग्यौली खानेपानी संस्थाले कावासोती नगरपालिकाको मुख्य डण्डा बजार सहित यहाँका १४,१५,१६ र १७ वडामा बसोबास गर्ने करिव ३ हजार ग्राहक उपभोक्ता माँझ पिउने पानी उपलब्ध गराउदै आएको बताईएको छ ।


पत्रकार सम्मेलनमा ईन्जिनियर शेषकान्त पाण्डे, लेखा संयोजक दूर्गा बहादुर गुरूङ्ग, सचिव अर्जुन चालिसे,कोषाध्यक्ष ज्योति ढकाल, व्यवस्थापक बसन्त भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register