कोशी प्रदेश स्तरीय लाखे नाच र तेस्रो उदयपुर खाना महोत्सव प्रारम्भ

उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट बजारमा तेस्रो उदयपुर खाना तथा कोशी प्रदेश स्तरीय लाखे नाच प्रतियोगिता हुने भएको छ ।झीगु नेवाः पुचः उदयपुरको आयोजनामा पुस १ गतेदेखि ८ गतेसम्म आयोजना हुने महोत्सव सफल पार्न कला, संस्कृति, संरक्षण आन्तरिक पर्यटन प्रवर्द्धन, पहुँच पहिचान र परिकार स्वरोजगार समृद्धिको मूल आधार भन्ने मूल नाराका साथ हुन […]

Dec 17, 2024 - 08:58
 0
कोशी प्रदेश स्तरीय लाखे नाच र तेस्रो उदयपुर खाना महोत्सव प्रारम्भ

उदयपुर । 

उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट बजारमा तेस्रो उदयपुर खाना तथा कोशी प्रदेश स्तरीय लाखे नाच प्रतियोगिता हुने भएको छ ।
झीगु नेवाः पुचः उदयपुरको आयोजनामा पुस १ गतेदेखि ८ गतेसम्म आयोजना हुने महोत्सव सफल पार्न कला, संस्कृति, संरक्षण आन्तरिक पर्यटन प्रवर्द्धन, पहुँच पहिचान र परिकार स्वरोजगार समृद्धिको मूल आधार भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा अनुमानित २१ लाख खर्च हुने र जिल्लाका विभिन्न पालिका तथा प्रायोजक सहयोगी हातहरु हुने जनाइएको छ ।

 पुस १ गतेबाट ३२ वटा स्टलहरु, नेवारी समुदायमा प्रचलित शाकाहारी तथा मांसाहारी ३३ प्रकार भन्दाबढी खानाका परिकारहरू प्रदर्शन तथा बिक्री वितरणकालागि राखिएको छ ।

उक्त महोत्सवमा परम्परागत तथा सांस्कृतिक भल्किने विभिन्न जातजातिका भेषभुषा तथा नृत्य, झाँकीहरु, विभिन्न जातजातिका खाना परिकार विक्री वितरण, नेवा छमछमी सिजन ४ को आयोजना, वडा स्तरीय भजन कीर्तन टोलीबीच प्रतियोगिता, शंख फुक्ने प्रतियोगिता, थारु जतिको पारम्पारिक नृत्य प्रतियोगिता,राई जातीको चण्डी नाँच नृत्य प्रतियोगिता,कोशी प्रदेश भरीको लाखे नाँच प्रतियोगिता आयोजना गरिने मूल आयोजक समितिका सचिव गोपाल श्रेष्ठले बताए ।
 
प्रतियोगितामा सहभागी विजेता टिमहरुलाई पुरस्कारको व्यवस्था समेत गरिएको जानकारी दिंदै झीगु नेवाः पुचः उदयपुरका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले खास गरी स्थानीयको स्वरोजगार कार्यक्रमलाई बढावा दिन,आर्थिक समृद्धि हासिल गर्न, कला संस्कृति संरक्षण संवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए । 

अध्यक्ष श्रेष्ठले सामूहिक प्रतिबद्धता र सहकार्यको थालनी,लोक संस्कृतिको जगेर्ना गर्ने,होमस्टेको अवधारणा अनुसार यसको प्रावधानलाई अघि बढाउने,विभिन्न जातजातिबीच सांस्कृतिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने,जिल्लाभरी छरिएर रहेका जातजातीहरुको पहिचान कला भेष भुषा रहन सहन धार्मिक तथा सांस्कृतिक परम्पराभाष तथा साहित्यको पहिचान एवम् सूचना गर्ने उद्देश्य रहेको जानकारी दिंदै महोसवबाट बचत भएको रकम सांस्कृतिक सङ्ग्रहालय र स्वास्थ्य शिविरहरुमा खर्च गरिने जानकारी गराएका छन् ।

आयोजक संस्था झीगु नेवाः पुचःका उपाध्यक्ष विजय तुलाधरले सबैभन्दा धेरै धनराशीको कोशी प्रदेश स्तरीय लाखे नाच प्रतियोगिताका लागि प्रथम हुने टोलीलाई  १ लाख त्रियुगा नगरपालिका मेयर वसन्त बस्नेतले  र दोस्रो हुनेलाई  ७५ हजार कटारी नगरपालिकाको मेयर राजेशचन्द्र श्रेष्ठले, तेस्रो हुनेलाई  ५१ हजार त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी राईले व्यवस्थापन गर्ने योजना रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register