गाँजा र अफिम फँडानी गर्ने अभियानमा मकवानपुर प्रहरी

बागमती । मकवानपुरमा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा र अफिम खेती नष्ट गर्ने अभियान सुरु गरेको छ । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा करिब ८० बिघा क्षेत्रफलमा लगाइएको गाँजा र अफिम फँडानी गरेको हो । यही मङ्सिर ७ गतेदेखि आजसम्ममा जिल्लाको कैलाश, राक्सिराङ र बागमती गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीयले ७५ बिघा सात कठ्ठा […]

Dec 22, 2024 - 01:02
 0
गाँजा र अफिम फँडानी गर्ने अभियानमा मकवानपुर प्रहरी

बागमती । मकवानपुरमा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा र अफिम खेती नष्ट गर्ने अभियान सुरु गरेको छ । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा करिब ८० बिघा क्षेत्रफलमा लगाइएको गाँजा र अफिम फँडानी गरेको हो ।

यही मङ्सिर ७ गतेदेखि आजसम्ममा जिल्लाको कैलाश, राक्सिराङ र बागमती गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीयले ७५ बिघा सात कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा र १२ बिघा तीन कठ्ठा क्षेत्रफलमा लगाएको अफिम खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाँजा र अफिम खेती फँडानी गरेको हो ।

फँडानी गर्न बाँकी रहेका अन्य स्थानमा पनि क्रमशः प्रहरी टोली परिचालन गरी अभियानलाई निरन्तरता दिइने प्रहरी निरीक्षक सापकोटाले बताए । मकवानपुरको पहाडी क्षेत्रका पालिकामा गाँजा र अफिम खेती हुँदै आएको छ । यस्तै मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–५ स्थित डिल्लीपुरबाट शनिबा एक क्विन्टल ३७ किलो गाँजा बरामद गरेको जनाएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register