राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग

काठमाडौ । राष्ट्रिय जीवन बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि पुन आवेदन माग भएको छ ।  रिक्त रहेको सीइओ पदका लागि योग्य व्यक्तिले सूचना जारी भएको मितिले २१ दिनभित्र कम्पनीको रामशाह पथ काठमाडौंमा निवेदन बुझाउन भन्दै कम्पनीले बिहीबार एक सूचना जारी गरेको छ ।   सीइओ छनोट तथा सिफारिस समितिले यसअघि गत असोज १६ […]

Nov 21, 2024 - 06:22
 0
राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग

काठमाडौ ।

राष्ट्रिय जीवन बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि पुन आवेदन माग भएको छ । 

रिक्त रहेको सीइओ पदका लागि योग्य व्यक्तिले सूचना जारी भएको मितिले २१ दिनभित्र कम्पनीको रामशाह पथ काठमाडौंमा निवेदन बुझाउन भन्दै कम्पनीले बिहीबार एक सूचना जारी गरेको छ ।  

सीइओ छनोट तथा सिफारिस समितिले यसअघि गत असोज १६ गते एक सूचना जारी गर्दै सीइओ पदमा दरखास्त आह्वान गरेको थियो । तर, सो पदका लागि आवेदन गरेका कुनै पनि उम्मेदवार सर्टलिस्टमा पर्न असफल भएपछि फेरि आवेदन माग गरेको हो । 

उम्मेदबारले व्यवसायिक कार्ययोजना तयार गरि बुझाउनुपर्ने शर्त तोकिएको छ भने आवेदन शुल्क ५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसभन्दा पहिला आवेदन दिएका उम्मेदवारले पेस गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा कुनै पनि उम्मेदवारले ६० प्रतिशत अंक प्राप्त गर्न नसकेकोले सर्टलिस्टका लागि छनोट नभएको समितिले जनाएको छ ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register