बागलुङमा गाजादह सिद्ध बराह श्रीमद्‌भागवत् ज्ञान महायज्ञ हुँदै

बागलुङ । सिद्ध बराह मन्दिर संरक्षण समिति गाजाको आयोजनामा गाजादह सिद्ध बराह श्रीमद्‌भागवत् ज्ञान महायज्ञ-२०८१ हुने भएको छ । यही मंसिर ८ देखि १५ गतेसम्म जैमिनी नगरपालिका -३ दमेकमा महायज्ञ हुन लागेको हो । प्रमुख वाचक प्रखर युवा पण्डित आचार्य शिवदत्त रेग्मी हुने आयोजकले जनाएको छ । समुद्र सतहदेखि २ हजार ८ सय ८० मिटर […]

Nov 22, 2024 - 05:17
 0
बागलुङमा गाजादह सिद्ध बराह श्रीमद्‌भागवत् ज्ञान महायज्ञ हुँदै

बागलुङ । सिद्ध बराह मन्दिर संरक्षण समिति गाजाको आयोजनामा गाजादह सिद्ध बराह श्रीमद्‌भागवत् ज्ञान महायज्ञ-२०८१ हुने भएको छ ।

यही मंसिर ८ देखि १५ गतेसम्म जैमिनी नगरपालिका -३ दमेकमा महायज्ञ हुन लागेको हो । प्रमुख वाचक प्रखर युवा पण्डित आचार्य शिवदत्त रेग्मी हुने आयोजकले जनाएको छ ।

समुद्र सतहदेखि २ हजार ८ सय ८० मिटर उचाइमा रहेको दमेक रुद्र ताल र सिद्ध बराह मन्दिर रहेको छ । जहाँ कार्तिक शुक्लपक्षको बैकुण्ठचतदर्शीमा भव्य मेला लाग्ने गर्दछ ।

यहाँ पूजाआज गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । यहाँ पर्यटक आकर्षित गर्ने संरचना बन्न नसकेकाले पर्यटक बढाउन नसकेको स्थानीयको बुझाइ छ ।

सिद्ध बराहमा रहो तालमा रुख विरुवा जंगल भएपनि ताल वा त्यसको  किनारामा कुनै पात देखिदैँन । किनकी चराहरू आएर खसेका पातहरू टिप्ने स्थानीयको भनाइ छ ।

नगरपालिका-३ उपल्लो दमेकका वडाध्यक्ष कृष्ण भुजेलले स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धन गर्न नै महायज्ञ गर्न लागेको बताए । महायज्ञबाट करिब १ करोड उठाउने लक्ष्य रहेको उनले बताए ।

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटर टाढा रहेको गाजाको दहमा चार घण्टाको पैदल र डेढ घण्टाको गाडीको यात्रामा पुग्न सकिने भुजेलले बताए । ‘प्रत्येक याममा यहाँको सुन्दरता फरक–फरक देख्न सकिन्छ । गाडीमा भन्दा बढी पैदल यात्रा गर्दा घुमफिर रोमाञ्चक बन्छ’, उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register