बुद्धशान्तिमा गाँजाको कारोबार : गाँजासहित एक जना पक्राउ
झापा, ७ पुस । झापाको बुद्वशान्ति गाँउपालिकाबाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बुद्धशान्ति–३ धिमाल टोलस्थित लागु औषध गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६० को श्याम धिमालको घर खानतलासी लिदा उनी सुत्ने कोठाबाट तयारी गाँजा ४ केजी बरामद गरेको छ । गाँजासहित [...] The post बुद्धशान्तिमा गाँजाको कारोबार : गाँजासहित एक जना पक्राउ appeared first on Jhapa Online.

झापा, ७ पुस । झापाको बुद्वशान्ति गाँउपालिकाबाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
बुद्धशान्ति–३ धिमाल टोलस्थित लागु औषध गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६० को श्याम धिमालको घर खानतलासी लिदा उनी सुत्ने कोठाबाट तयारी गाँजा ४ केजी बरामद गरेको छ ।
गाँजासहित उक्त कोठाबाट भारतीय रुपैयाँ २ हजार ३६०, नेपाली रुपैयाँ ३ लाख ६ हजार ८७०, तराजु १ थान, ढक ८ वटा, माटोको चिलिम ६७ पिस, लाइटर १० पिस, सुतली डोरी करिब १० मिटर, प्याकेजिङ प्लाष्टिक ५० पिस, दाउ जस्तो कटर चक्कु ३ थान, कैची १ थान, अचानो २ वटा, हतौडा १ थान र मोबाइल १ थान बरामद गरी उक्त सामानहरु सहित श्याम धिमालको छोरी २९ वर्षीया दुर्गा धिमाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
The post बुद्धशान्तिमा गाँजाको कारोबार : गाँजासहित एक जना पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






