रविको मुद्दा न्यायाधीश नितिज राईको इजलासमा, बयान सुरु हुँदै

पोखरा । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आज जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । आजको लागि न्यायाधीश नितिज राईको इजलासमा पेसी तोकिएको छ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान हुनेछ । प्रहरीले ७५ वर्षीय कृष्ण बहादुर गुरुङको पहिला बयान […]

Dec 23, 2024 - 06:47
 0
रविको मुद्दा न्यायाधीश नितिज राईको इजलासमा, बयान सुरु हुँदै

पोखरा । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आज जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । आजको लागि न्यायाधीश नितिज राईको इजलासमा पेसी तोकिएको छ ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान हुनेछ ।

प्रहरीले ७५ वर्षीय कृष्ण बहादुर गुरुङको पहिला बयान लिन भनेको छ । उनको स्वास्थ्य अवस्थाका कारण पहिला बयान लिन लिन भनेको हो ।

यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने, छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँच जना प्रतिवादीको बयान पालैपालो हुने जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register