च्याम्पियन्स ट्रफी : भारत-पाकिस्तान बीचको खेल फेब्रुअरी २३ मा हुने

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान बीचको खेल २३ फेब्रुअरीमा हुनेछ । यो खेल यूएईको दुबई इन्टरनेशनल स्टेडियममा हुनेछ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) स्रोतले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई शहरलाई च्याम्पियन्स ट्रफी २०२५ मा भारतका खेलहरू आयोजना गर्न तटस्थ स्थानको रूपमा चयन गरेको जनाएको छ । शनिबार राति पीसीबी अध्यक्ष मोहसिन नक्वी […]

Dec 23, 2024 - 06:47
 0
च्याम्पियन्स ट्रफी : भारत-पाकिस्तान बीचको खेल फेब्रुअरी २३ मा हुने

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान बीचको खेल २३ फेब्रुअरीमा हुनेछ । यो खेल यूएईको दुबई इन्टरनेशनल स्टेडियममा हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) स्रोतले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई शहरलाई च्याम्पियन्स ट्रफी २०२५ मा भारतका खेलहरू आयोजना गर्न तटस्थ स्थानको रूपमा चयन गरेको जनाएको छ ।

शनिबार राति पीसीबी अध्यक्ष मोहसिन नक्वी र यूएईका मन्त्री शेख नह्यान अल मुबारकबीच भेटवार्ता भएको थियो ।

प्रतियोगिताको पहिलो खेल फेब्रुअरी १९ मा आयोजक पाकिस्तान र न्यूजिल्याण्डबीच कराँचीमा हुनेछ । फाइनल मार्च ९ मा लाहोरमा हुनेछ । भारतको पहिलो खेल २० फेब्रुअरीमा बङ्गलादेशसँग हुनेछ ।

यदि टीम इन्डिया नकआउटका लागि छनोट भयो भने सेमिफाइनल र फाइनल पनि दुबईमा हुनेछ ।

प्रतियोगिताका १५ मध्ये ५ खेल यूएईमा हुने सक्नेछ । भारतले समूह चरणका तीनवटै खेल यूएईमा खेल्नेछ । यदि भारत छनोट भयो भने सेमिफाइनल र फाइनल पनि त्यहीँ खेलाइनेछ । जबकि प्रतियोगिताका बाँकी १० खेल पाकिस्तानमा हुनेछ ।

आईसीसीको डिसेम्बर १९ को बैठकले भारतले च्याम्पियन्स ट्रफीका खेल पाकिस्तानको सट्टा तटस्थ स्थानमा खेल्ने निर्णय गरेको थियो । साथै, सन् २०२७ सम्म भारतमा हुने सबै प्रतियोगिताका लागि पाकिस्तानी टोली भारत आउने छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register