भूतपूर्व गोर्खा मुद्दामा बेलायतसंग लन्डन दूतावासको अनौपचारिक छलफल

लन्डन । भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा लन्डनस्थित नेपाली दूतावासको नयां टिमले अनौपचारिक छलफल अगाडि बढाएको छ । यसअघिका राजदूत ज्ञानचन्द्र आचार्यसहित उपनियोग प्रमुख रोशन खनाल र अन्य सबै डिप्लोम्याट्सहरु चार वर्षे कार्यकाल सकिएर नेपाल फर्किएपछि लन्डन आएको नयां टिमले यसमा गृह कार्य गरेको हो । विशेष गरि तीन महिना अघि लन्डन दूतावासमा जिम्मेवारी सम्हालेका कार्यवहाक […]

Dec 23, 2024 - 03:22
 0
भूतपूर्व गोर्खा मुद्दामा बेलायतसंग लन्डन दूतावासको अनौपचारिक छलफल

सभामुखसँग कार्यवहाक राजदूत दुवाडी । तस्विर- हाउस अफ कमन्स्

लन्डन । भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा लन्डनस्थित नेपाली दूतावासको नयां टिमले अनौपचारिक छलफल अगाडि बढाएको छ ।

यसअघिका राजदूत ज्ञानचन्द्र आचार्यसहित उपनियोग प्रमुख रोशन खनाल र अन्य सबै डिप्लोम्याट्सहरु चार वर्षे कार्यकाल सकिएर नेपाल फर्किएपछि लन्डन आएको नयां टिमले यसमा गृह कार्य गरेको हो ।

विशेष गरि तीन महिना अघि लन्डन दूतावासमा जिम्मेवारी सम्हालेका कार्यवहाक राजदूत एवं उपनियोग प्रमुख विपिन दुवाडीले यस बीचमा बेलायती संसद हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलीसहित विदेश मन्त्रालयका अधिकारीहरुसंग अनौपचारिक छलफलका क्रममा गोर्खा समस्या समाधानमा जोड दिएका छन् ।

‘मैले हरेक भेटघाटहरुमा यो बेलायतको प्रतिष्ठासंग पनि जोडिएको विषय हो । भूतपूर्व गोर्खाहरु धेरै पीडित छन् । यसमा तपाईंहरुले गम्भीर भएर समाधान गर्नै पर्छ भनेको छु’, दुवाडीले भने । 

नवनियुक्त राजदूत चन्द्र घिमिरे लन्डन आएपछि औपचारिक वार्ता अगाडि बढाइने कार्यवहाक राजदूत दुवाडीले बताए । 

उनले यस विषयमा गोर्खा संगठनका प्रतिनिधिहरुसंग निरन्तर छलफल भइरहेको पनि बताए ।


कार्यवहाक राजदूत दुवाडीले आफ्नो प्राथमिकता अफिसमै बसेर जतिसक्दो राष्ट्रका लागि केही उपलब्धिमूलक काम गर्ने भएकाले सार्वजनिक कार्यक्रमहरुमा आमन्त्रण गरेर समय व्यतित नगरिदिन पनि अपिल गरेका छन् ।

गोर्खाहरुका मागका सम्बन्धमा पछिल्लो तीन वर्षयता त्रिपक्षीय वार्ताअन्तर्गत प्राविधिक संयन्त्रका १३ बैठक र झण्डै आधा दर्जन मन्त्रिस्तरिय वार्ता भइसकेका छन् । 

प्राविधिक स्तरमा गोर्खा मुद्धामा घनीभूत छलफल हुंदै आएपनि वार्तामा अपेक्षित उपलब्धि हासिल नभएकोमा गोर्खाहरु निराश छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register