भैँसेपाटी ‘हनी ट्रयाप’ प्रकरण: एसपीमाथि समेत छानबिनको राय, अदालतमा मुद्दा दर्ता

काठमाडौं। भैँसेपाटीमा भएको ‘हनी ट्रयाप’ घटनाले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै ललितपुर जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ । प्रहरी उपरीक्षक (एसपी) कमल थापामाथि समेत छानबिन गर्नुपर्ने रायसहितको मुद्दा दर्ता गरिएको हो । प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही यस घटनाको प्रमुख भूमिकामा रहेको आरोप छ । उनलाई सङ्गठित अपराध र आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा […]

Nov 24, 2024 - 11:11
 0
भैँसेपाटी ‘हनी ट्रयाप’ प्रकरण: एसपीमाथि समेत छानबिनको राय, अदालतमा मुद्दा दर्ता

काठमाडौं। भैँसेपाटीमा भएको ‘हनी ट्रयाप’ घटनाले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै ललितपुर जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ ।

प्रहरी उपरीक्षक (एसपी) कमल थापामाथि समेत छानबिन गर्नुपर्ने रायसहितको मुद्दा दर्ता गरिएको हो ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही यस घटनाको प्रमुख भूमिकामा रहेको आरोप छ । उनलाई सङ्गठित अपराध र आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । तर, उनी फरार छिन् ।

भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख रहेकी शाहीमाथि पक्राउ पुर्जी जारी भइसकेको छ ।

घटनामा इटहरीका ताज इस्लाम, दर्शन पोखरेलसहितको समूहले ललितपुरका एक व्यवसायीलाई हनी ट्रयापमा पारी ३० लाख रुपैयाँ असुल्ने प्रयास गरेको खुलेको छ ।

ती व्यवसायीलाई ब्ल्याकमेल गरेर १० लाख रुपैयाँ खातामा ट्रान्सफर गरिएको थियो भने बाँकी रकमको चेक प्रहरीले बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मंगलबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही आधारमा आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register