चिसोमा मर्निङ वाक: सबेरैभन्दा अबेर किन उपयुक्त ?

काठमाडौं – चिसो मौसममा बिहान सबेरै मर्निङ वाकमा निस्कने बानी स्वास्थ्यका लागि हानिकारक हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । चिसोयाममा पहिलो प्रहरको हावा प्रदूषणले भरिएको हुन्छ, जसले विशेषगरी मुटुरोगी, दमका बिरामी, र वृद्धवृद्धामा गम्भीर असर पुर्याउन सक्छ । जाडोयाममा चिसो हावा जमिनमै जम्ने भएकाले धूलो, धुँवा, र अन्य प्रदूषक कणहरू सतहमा रहन्छन् ।  वातावरणविद् […]

Dec 28, 2024 - 03:45
 0
चिसोमा मर्निङ वाक: सबेरैभन्दा अबेर किन उपयुक्त ?

काठमाडौं – चिसो मौसममा बिहान सबेरै मर्निङ वाकमा निस्कने बानी स्वास्थ्यका लागि हानिकारक हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

चिसोयाममा पहिलो प्रहरको हावा प्रदूषणले भरिएको हुन्छ, जसले विशेषगरी मुटुरोगी, दमका बिरामी, र वृद्धवृद्धामा गम्भीर असर पुर्याउन सक्छ ।

जाडोयाममा चिसो हावा जमिनमै जम्ने भएकाले धूलो, धुँवा, र अन्य प्रदूषक कणहरू सतहमा रहन्छन् ।  वातावरणविद् भूषण तुलाधारका अनुसार घाम लागेपछि मात्र यी प्रदूषण कणहरू वायुमण्डलमा फैलिन्छन्, जसले गर्दा वाक गर्नका लागि सुरक्षित वातावरण बन्नेछ ।

मुटुरोगी र दीर्घरोगीलाई सतर्कता

मुटुरोगी विशेषज्ञ डा. रञ्जित शर्माका अनुसार जाडोयाममा रक्तप्रवाहमा समस्या हुने, रक्तनली खुम्चने, र अक्सिजनको कमीले हृदयघात र मस्तिष्कघातको जोखिम बढ्न सक्छ । “चिसोमा बिहान व्यायाम गर्दा धेरै समस्या हुन्छ। सकेसम्म घाम लागेपछि मात्रै वाक गर्नुपर्छ,” उनले सुझाए ।

जाडोयाममा प्रदूषण किन बढ्छ ?

सवारीसाधन र उद्योगहरूबाट उत्सर्जित धुवाँ।
– ग्रामीण क्षेत्रमा दाउरा र जैविक फोहोर जलाउने बानी।
– घर तताउन प्लास्टिक र कोइला जलाउँदा उत्पादन हुने हानिकारक ग्यास।
– इँटा उद्योगहरूबाट निस्कने प्रदूषण।

 के गर्ने ?

1. घाम लागेपछि मात्रै वाकमा निस्कने।
2. बाक्लो लुगा र माक्स लगाउने।
3. सकेसम्म प्रदूषणयुक्त क्षेत्रमा व्यायाम नगर्ने।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register