सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको हृदयघातका कारण निधन
काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातका कारण शुक्रबार राति निधन भएको छ । पारिवारिक र अस्पताल स्रोतका अनुसार, उनलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो, तर बचाउन सकिएन । वस्ती करिब ६ वर्षसम्म सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश पदमा रहेका थिए । उनी २०६५ साल भदौ २२ मा नियुक्त भई २०७० साल चैत […]

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातका कारण शुक्रबार राति निधन भएको छ । पारिवारिक र अस्पताल स्रोतका अनुसार, उनलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो, तर बचाउन सकिएन ।
वस्ती करिब ६ वर्षसम्म सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश पदमा रहेका थिए । उनी २०६५ साल भदौ २२ मा नियुक्त भई २०७० साल चैत २९ मा पदावधि नथपिएपछि अवकाश भएका थिए ।
सर्वोच्च अदालतबाट अवकाशपछि उनले ६ वर्षसम्म मानव अधिकार आयोगको सदस्यका रूपमा काम गरे । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको नेतृत्वमा २०७१ कात्तिक २ देखि २०७७ कात्तिक १ सम्म उनले आयोगमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
वस्ती न्याय र कानूनका क्षेत्रमा अध्ययन, अनुसन्धान, र पुस्तक लेखनमा सक्रिय थिए । उनले २०६४ सालमा सर्वोच्च बार एशोसिएसनले गठन गरेको ‘न्यायपालिका जनआस्था अभिवृद्धि अध्ययन समिति’मा सदस्यका रूपमा काम गरेका थिए ।
त्यतिबेला अदालतमा विचौलियाको प्रभुत्व रहेको विषयमा प्रतिवेदन प्रस्तुत गरेका उनी २०६६ सालमा गठन भएको विकृतीविहीन न्यायपालिका विकास अध्ययन कार्यदलमा समेत सदस्य थिए ।
वस्तीको निधनले न्यायिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्व गुमाएको महसुस भएको छ ।
What's Your Reaction?






