झलनाथ खनालले भने – बीआरआई लिनुपर्छ, लोन लिनुहुन्न भन्नु पूर्वाग्रह हो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई परियोजना लिनुपर्ने बताए । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे ढाकेको बैठकमा सहभागी भएपछि उनले यस्तो बताएका हुन् । खनाल भन्छन्, ‘बीआरआई १० अघि विकास भएको अवधारणा हो । यो अहिले १५३ देशमा छ । यो चीन र बीआरआई रहेको देशमा व्यापार […]

Nov 25, 2024 - 07:41
 0
झलनाथ खनालले भने – बीआरआई लिनुपर्छ, लोन लिनुहुन्न भन्नु पूर्वाग्रह हो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई परियोजना लिनुपर्ने बताए ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे ढाकेको बैठकमा सहभागी भएपछि उनले यस्तो बताएका हुन् ।

खनाल भन्छन्, ‘बीआरआई १० अघि विकास भएको अवधारणा हो । यो अहिले १५३ देशमा छ । यो चीन र बीआरआई रहेको देशमा व्यापार राम्रो रहेको छ । यो ग्लोबल प्रोजेक्ट हो । विश्वका दुई तिहाई मुलुकका लागि राम्रो रहेको छ ।’

‘नेपालका केही नेताहरु यसको विरोधमा छन् । यो नराम्रो हो । नेपालले आफ्नो हितलाई सर्वोपरी राखेर सम्बन्ध राख्नुपर्छ । बीआरआईबाट लोन लिनुहुन्न भन्नु पूर्वाग्रह मात्र हो । हामीले स्वतन्त्रताका साथ बीआरआई लिनुपर्छ ।’ उनले भने ।

नेपालले चीनसँग धेरैभन्दा धेरै फाइदा लिनुपर्ने उनको भनाइ छ । जलविद्युत् क्षेत्रलाई लिएर पनि त्यहाँ निर्यात गर्न सकिने उनले बताए ।

‘पूर्वाधार बनाएर सबै नाका खोल्नुपर्छ । चीनले सबै नाका खालौँ तर, हामीसँग पूर्वाधार नै छैन ।’उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register