जाजरकोटमा भूकम्पको धक्का

काठमाडौं । जाजरकोटमा बिहीबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ३६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । गत वर्ष पनि जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको थियो । २०८० कात्तिक १७ […]

Dec 26, 2024 - 02:02
 0
जाजरकोटमा भूकम्पको धक्का

काठमाडौं । जाजरकोटमा बिहीबार बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ६ बजेर ३६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

गत वर्ष पनि जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको थियो ।

२०८० कात्तिक १७ गते ६.४ म्याग्निच्युडको भूकम्प जाँदा डेढ सयभन्दा बढीको मृत्यु भएको थियो । रुकुम पश्चिममा पनि भूकम्पको प्रभाव परेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register