दाल–गेडागुडीको अग्रिम आयकर घट्यो

काठमाडौं । दाल तथा गेडागुडी आयात गर्दा भन्सार विन्दुमा तिर्नुपर्ने अग्रिम आयकरको दर साढे दुई प्रतिशतमा झरेको छ । सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत यसअघिको अग्रिम आयकरलाई समायोजन गर्दै साढे २ प्रतिशतमा झारेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहर लगायत दाल तथा गेडागुडी […]

Nov 25, 2024 - 08:23
 0
दाल–गेडागुडीको अग्रिम आयकर घट्यो

काठमाडौं । दाल तथा गेडागुडी आयात गर्दा भन्सार विन्दुमा तिर्नुपर्ने अग्रिम आयकरको दर साढे दुई प्रतिशतमा झरेको छ । सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत यसअघिको अग्रिम आयकरलाई समायोजन गर्दै साढे २ प्रतिशतमा झारेको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहर लगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था गरेका थिए ।

दाल तथा गेडागुडी आयातमा विगतदेखि नै १० प्रतिशत भन्सार दरबन्दी लाग्दै आएको छ । त्यसमा १० प्रतिशत अग्रिम आयकर थपिँदा उपभोक्ताको भान्सामा प्रयोग हुने दालको मूल्य बढेको थियो । अग्रिम आयकर घटेसँगै अब दाल तथा गेडागुडीको मूल्य पनि सस्तिने भएको छ ।

१० प्रतिशत अग्रिम आयकर लिने व्यवस्थाको दाल उद्योगीले विरोध गर्दै आएका थिए । यो व्यवस्थाले ३५ अर्ब लगानी भएको यो उद्योग संकटमा पर्ने जोखिम रहेको उनीहरूले बताउने गरेका थिए । सरकारले उद्योगीको माग सम्बोधन गर्दै अग्रिम आयकर घटाउने निर्णय गरेको हो ।

गेडागुडीमा गडबडी : अग्रिम आयकरको दलदलमा दाल उद्योग

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register