नयाँ स्टक एक्सजेञ्चको प्रक्रिया केहि दिनमै अगाडी बढ्ने, ‘जसको अध्यक्ष, उसकै स्टक एक्सचेन्ज’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया केहि दिनमै अघि बढाउने भएको छ । बोर्डमा आजमात्रै सन्तोष नारायण श्रेष्ठ अध्यक्ष नियुक्त भएका छन् । नयाँ स्टक एक्सचेन्ज कसलाई दिने भन्ने तय यसअघि नै भईसकेको चर्चा छ । सोको लागि प्रक्रिया अगाडी बढ्न लागेको र सो प्रक्रिया औपचारिकताका लागि मात्र भएको स्वयम् अर्थमन्त्रालयका अधिकारीहरु […]

Nov 25, 2024 - 13:23
 0
नयाँ स्टक एक्सजेञ्चको प्रक्रिया केहि दिनमै अगाडी बढ्ने, ‘जसको अध्यक्ष, उसकै स्टक एक्सचेन्ज’
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया केहि दिनमै अघि बढाउने भएको छ । बोर्डमा आजमात्रै सन्तोष नारायण श्रेष्ठ अध्यक्ष नियुक्त भएका छन् ।
नयाँ स्टक एक्सचेन्ज कसलाई दिने भन्ने तय यसअघि नै भईसकेको चर्चा छ । सोको लागि प्रक्रिया अगाडी बढ्न लागेको र सो प्रक्रिया औपचारिकताका लागि मात्र भएको स्वयम् अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् ।
मन्त्रालयका अधिकारीहरुका अनुसार  अव  केही दिनमै नयाँ स्टकको लाइसेन्स सम्बन्धी प्रक्रिया खुला गर्ने पत्र अर्थ मन्त्रालयले सेबोनमा पठाउनेछ र प्रक्रिया सुरु हुनेछ ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डले गत वैशाखमा नयाँ स्टकको लाइसेन्स सम्बन्धी प्रक्रिया रोक्ने निर्णय मन्त्रिपरिषद्ले यस अघि नै उल्टाईसकेको छ ।
स्रोतका अनुसार जसको जोडबलमा अध्यक्ष नियुक्तिका लागि सरकारलाई प्रेसर पुगेको थियो, सोहि व्यापारिक घरानाले स्टक एक्सचेन्जको लाइसेन्स पाउनेछ । ‘जसको अध्यक्ष, उसकै स्टक एक्सचेन्ज हो । बाँकी कुरा केहि समयभित्रै देखिहालिन्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register