बुटवल मेलामा दर्शकको भीड, दुबईको  फिस वाटर टनेल बन्यो आकर्षणको केन्द्र

बुटवल।  लगानी लुम्बिनीमा ,समृद्धि देशमा भन्ने नारासहित सुरु भएको बुटवल औद्योगिक व्यापार मेलामा दर्शकहरुको उल्लेख्य सहभागिता भएको छ । पुस ३ गतेबाट सुरु भएको मेलामा ५ सय बढी स्टल , वाल उद्यान सहित राष्ट्रिय तथा स्थानीय कालाकारहरूले बुटवलको मेलामा दर्शक तानिरहेको छ । त्यस्तै ,बुटवल औद्योगिक व्यापार मेलाको प्रमुख आकर्षण बनेको छ, फिस टनेल । […]

Dec 26, 2024 - 11:46
 0
बुटवल मेलामा दर्शकको भीड, दुबईको  फिस वाटर टनेल बन्यो आकर्षणको केन्द्र

बुटवल। 

लगानी लुम्बिनीमा ,समृद्धि देशमा भन्ने नारासहित सुरु भएको बुटवल औद्योगिक व्यापार मेलामा दर्शकहरुको उल्लेख्य सहभागिता भएको छ । पुस ३ गतेबाट सुरु भएको मेलामा ५ सय बढी स्टल , वाल उद्यान सहित राष्ट्रिय तथा स्थानीय कालाकारहरूले बुटवलको मेलामा दर्शक तानिरहेको छ । त्यस्तै ,बुटवल औद्योगिक व्यापार मेलाको प्रमुख आकर्षण बनेको छ, फिस टनेल । दुबईमा रहेको समुन्द्र मुनी रहेको टनेलको झल्को दिने गरी बनाइएको फिस टनेल अहिले मेलाको प्रमुख आकर्षण बन्न पुगेको हो ।

 औषत अन्य स्थानको तुलनामा विगतदेखीनै बुटवलको मेलामा धेरैको आकर्षणनै हुने गरेको छ । कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एन्ड ईलेक्ट्रोनिक्स, ब्युटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एन्ड वेभरेज),अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिन रहेको मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भइरहेका छन् । राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारले बुटवल मेलामा दर्शक तानीरहेको भएपनि अधिकांश मेला पुग्ने सहभागीहरुको आकर्षण फिस टनेल बन्न पुगेको छ बताएका छन् । मेला हेर्न पुगेका  स्थानीय प्रदिप खनाल, खुसी क्षेत्री र  ज्योति शाहीले मेलामा पहिलो पटक ल्याइएको दुबई फिस एक्युरियम तथा फिस टनेल यस पटकको लागि नयां र हेर्न लायक  रहेका बताएका छन् । उनीहरुले दुबईमा हेर्न पाईने फिस टनेल बुटवलको मेलामा हेर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका छन् ।

दुबईको समुद्रमा हुने फिस टनेल बुटवलमा मात्रै नभएर नेपालमै नौलो हो । मेलामा पहिलोपटक ल्याइएको दुबईको समुन्द्रमा मात्रै हेर्न पाइने फिस टनेलको अवलोकन गर्ने र फोटो भिडियो छायाङ्कन गर्नेको घुइचो नै लागेको छ । बुटवलको मेलामा ठेकेदार.कम्पनी नेपाल राजधानी एमुजमेन्ट राईड्स नेपालले बाल उद्यानसहित फिस टनेल सञ्चालन गरिरहेको व्यवस्थापक कृष्ण शर्मा पौडेलले बताए । बुटवलको मेलामा सांगितिक कार्यक्रमसँगै बाल उद्यानमा समेत उत्तिकै आकर्षण देखिन्छ । मेला स्थल दिउसोको समयमा भन्दा साँझ  विभिन्न लाईटिङ्गले रोमाञ्चक देखिन्छ । मेलाको बाल उद्यान सञ्चालन गरिरहेको कम्पनीले मेला अवधिभरका लागि ५ सय बढी स्थानियलाई रोजगारी समेत दिइरहेको छ । यस्तै , प्रत्येक पटक लगाइने बुटवलको मेलालाई केही फरक बनाउने कोसिस गरिँदै आइएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्यालको कथन छ । यस पटक विगत भन्दा केही पृथक् र व्यवस्थित तरिकाले बुटवलको स्थायी प्रदर्शनी स्थल बुटवल मण्डपमा मेला लगाइएको हो ।

२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको यो २४ औं संस्करणको औद्योगिक व्यापार मेला हो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल–२०८१ चलिरहेको छ । १६ दिनसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल सहभागी छन् भने ५ लाख बढी दर्शकले अवलोकन गर्ने र मेला भित्र १५ करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register