शोभा पाठकलाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं । शोभा पाठकलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । पाठकलाई बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले  साधारण तारेखमा छाड्न आदेश दिएको हो । सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जत गरेको भन्दै राजकुमार त्रिपाठीले उनीविरुद्ध निवदेन दिएपछि पाठक १ पुसमा पक्राउ परेकी थिईन्  । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल […]

Dec 26, 2024 - 12:32
 0
शोभा पाठकलाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं । शोभा पाठकलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

पाठकलाई बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले  साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जत गरेको भन्दै राजकुमार त्रिपाठीले उनीविरुद्ध निवदेन दिएपछि पाठक १ पुसमा पक्राउ परेकी थिईन्  ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध साइबर कसुरको आरोपमा  जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैदको माग गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register