ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रोल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुढाथोकीले सवारी साधनलाई आवत/जावत गर्न सहजीकरण गरिदिए बापत घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई अख्तियारको सम्पर्क […]

Dec 26, 2024 - 12:14
 0
ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रोल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बुढाथोकीले सवारी साधनलाई आवत/जावत गर्न सहजीकरण गरिदिए बापत घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले पक्राउ गरेको थियो । उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register