बाख्राको पेटभित्र मरेको पाठो शल्यक्रियामार्फत निकालियो

म्याग्दी। म्याग्दीमा माउ बाख्राको पेटभित्र मरेको पाठो शल्यक्रिया विधिमार्फत निकालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पहिलोपटक शुक्रवार माउ बाख्राको पेटमा पाठाको मृत्यु भई बिग्रिएको अवस्थामा शल्यक्रिया गरेर निकालेको हो। जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गेका किसान बालकृष्ण आचार्यले पालेको माउ बाख्रो गर्भिणी भएको करिब साढे ६ महिनासम्म पनि नब्याएपछि परीक्षणको क्रममा बाख्राको […]

Nov 25, 2024 - 14:16
 0
बाख्राको पेटभित्र मरेको पाठो शल्यक्रियामार्फत निकालियो

म्याग्दी।

म्याग्दीमा माउ बाख्राको पेटभित्र मरेको पाठो शल्यक्रिया विधिमार्फत निकालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पहिलोपटक शुक्रवार माउ बाख्राको पेटमा पाठाको मृत्यु भई बिग्रिएको अवस्थामा शल्यक्रिया गरेर निकालेको हो।

जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गेका किसान बालकृष्ण आचार्यले पालेको माउ बाख्रो गर्भिणी भएको करिब साढे ६ महिनासम्म पनि नब्याएपछि परीक्षणको क्रममा बाख्राको पेटभित्रै पाठो मृत भेटिएको थियो । त्यसपछि तत्कालै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको बहिरङ्ग कक्षमा माउ बाख्राको सफतापूर्वक शल्यक्रिया गरेर मरेको पाठो निकालिएको सूचना अधिकारी सुवाष रेग्मीले जानकारी दिनुभयो ।

गर्भिणी बाख्राको शल्यक्रिया गर्ने क्रममा पेटमा पाठो मरेर कुहिएको अवस्थामा भेटिएको सूचना अधिकारी रेग्मीले बताउनुभयो । पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. भरत रेग्मीको नेतृत्वमा बेनी नगरपालिकाको पशु शाखा प्रमुख डा.आशिष सापकोटा, अधिकृत छैटौं प्रदिप गौतमसहितको प्राविधिक टोलीबाट बाख्राको स्वास्थ्य परीक्षण गर्नुका साथे शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत माउ बाख्राको उपचार गरी ज्यान बचाएपछि किसान आचार्यले खुसी व्यक्त गर्दै चिकित्सक र प्राविधिकलाई धन्यवाद दिनुभएको छ ।

म्याग्दीमा व्यावसायिक बाख्रापालक किसानले गर्भिणी अवस्थामा लामो समयसम्म समस्या देखिएका बाख्रालाई समयमै चेकजाँच नगर्दा खोरमै मर्ने गरेको अवस्थामा दक्ष चिकित्सकसहितको शल्यक्रिया सेवाले किसानहरुले राहत पाउने केन्द्रले जनाएको छ । केन्द्रमार्फत पशु सम्बन्धी विशिष्टिकृत सेवाहरु सम्बन्धित कक्षमा उपलब्ध छन् । केन्द्रले मान्छेको जस्तै पशुका रोग पनि प्रयोगशालामा परीक्षणपश्चात् उपचार गर्ने पद्धति सुरु गरेको छ ।

केन्द्र र बेनी नगरपालिकामा लामो समय पशु स्वास्थ्य क्षेत्रमा काम गरेका दक्ष तथा अनुभवी पशु चिकित्सक र प्राविधिकहरुको टोलीले पशुपालक किसानको गोठमै पुगेर समेत पशुमा देखिएका जटिल रोगको उपचार गर्नुका साथै प्रयोगशालाबाट पशु चिकित्साका सेवाहरु प्रदान गर्ने गरिएको छ । विगतमा बिरामी पशु चौपायालाई हेरेर वा छामेर गरिने उपचार पद्धति अहिले प्रयोगशालामा विभिन्न विधिबाट रोग पत्ता लगाएर उपचार हुँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register