एनपीएलको स्पार्कलिब स्माइल पार्टनरमा ह्याप्पीडेन्ट 

काठमाडौं । नेपाल प्रिमियर लिगको सिजन १ का लागि ह्याप्पीडेन्ट स्पार्कलिब स्माइल पार्टनर बनेको छ । ह्याप्पीडेन्ट, नेपालमा सर्वाधिक रुचाइएको चुइबगम ब्रान्ड मध्येको एक हो । स्वच्छ सास र चम्किलो मुस्कान फैलाउनका लागि चर्चित ब्रान्ड अनि शक्ति, उत्साह, उमँग र जोशलाई प्रदर्शित गर्ने क्रिकेट प्रतियोगिताबिच भएको यो रोमाञ्चक सहकार्यले एक शक्तिशाली बन्धनलाई प्रतिबिम्बित गरेको छ […]

Nov 28, 2024 - 10:47
 0
एनपीएलको स्पार्कलिब स्माइल पार्टनरमा ह्याप्पीडेन्ट 

काठमाडौं । नेपाल प्रिमियर लिगको सिजन १ का लागि ह्याप्पीडेन्ट स्पार्कलिब स्माइल पार्टनर बनेको छ । ह्याप्पीडेन्ट, नेपालमा सर्वाधिक रुचाइएको चुइबगम ब्रान्ड मध्येको एक हो ।

स्वच्छ सास र चम्किलो मुस्कान फैलाउनका लागि चर्चित ब्रान्ड अनि शक्ति, उत्साह, उमँग र जोशलाई प्रदर्शित गर्ने क्रिकेट प्रतियोगिताबिच भएको यो रोमाञ्चक सहकार्यले एक शक्तिशाली बन्धनलाई प्रतिबिम्बित गरेको छ ।

एक स्पार्कलिब स्माइल पार्टनर हुनुको नाताले ह्याप्पीडेन्टले एनपीएलको यो सिजनभरि प्रशंसकहरुका माझ आफ्नो पहिचानयुक्त चम्किलो मुस्कान फैलाउनेछ ।

साझेदारीले खास गरेर प्रशंसकहरुलाई उनीहरूको टिमको समर्थन गरिरहँदा उनीहरूमा हौसला अभिवृद्धि गर्न, आत्मविश्वास जगाउन तथा चम्किलो मुस्कान प्रदान गर्नमा जोड दिने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register