निर्माण व्यवसायी संघ झापाको उपाध्यक्षमा गिरी, राई र बरालसहित सात सर्वसम्मत

झापा, २२ पुस । निर्माण व्यवसायी संघ झापामा सात जना सर्वसम्मत चयन भएका छन् । संघको १९ सदस्यीय नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष केदार गिरी, द्वितीय उपाध्यक्ष राजकुमार राई र तृतीय उपाध्यक्ष नयन बराल सर्वसम्मत चयन भएका छन् । त्यस्तै, महासचिव पुष्पराज निरौला, सचिव लोकेन्द्र श्रेष्ठ, कोषाध्याक्ष यज्ञनीति भुर्तेल र महिला सदस्य कमला थाम्सुहाङ सर्वसम्मत भएको [...] The post निर्माण व्यवसायी संघ झापाको उपाध्यक्षमा गिरी, राई र बरालसहित सात सर्वसम्मत appeared first on Jhapa Online.

Jan 6, 2025 - 15:09
 0
निर्माण व्यवसायी संघ झापाको उपाध्यक्षमा गिरी, राई र बरालसहित सात सर्वसम्मत

झापा, २२ पुस । निर्माण व्यवसायी संघ झापामा सात जना सर्वसम्मत चयन भएका छन् ।

संघको १९ सदस्यीय नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष केदार गिरी, द्वितीय उपाध्यक्ष राजकुमार राई र तृतीय उपाध्यक्ष नयन बराल सर्वसम्मत चयन भएका छन् । त्यस्तै, महासचिव पुष्पराज निरौला, सचिव लोकेन्द्र श्रेष्ठ, कोषाध्याक्ष यज्ञनीति भुर्तेल र महिला सदस्य कमला थाम्सुहाङ सर्वसम्मत भएको निर्वाचन अधिकृत गोपाल थापाले बताए ।

संघको १६ औं अधिवेशन अन्तरगत सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्ने अधिकतम् प्रयास गरिए पनि अध्यक्षमा दुई, सह–कोषाध्यक्ष तीन जना र सदस्य पदमा १५ जनाले उम्मेदवारी दिएपछि निर्वाचन हुन लागेको छ । भोलि बिहान ८ः३० बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

The post निर्माण व्यवसायी संघ झापाको उपाध्यक्षमा गिरी, राई र बरालसहित सात सर्वसम्मत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register