पूर्वमेयर शिवाकोटी बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा
काठमाडौं । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव कुमार शिवाकोटीलाई नाबालिका करणी आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । एमाले नेता समेत रहेका शिवाकोटीलाई झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । १६ वर्षीया घरेलु कामदारलाई जबरजस्ती करणी गरेको आरोपमा उनी २४ मंसिरमा काँकडभिट्टाबाट पक्राउ परेका […]

काठमाडौं । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव कुमार शिवाकोटीलाई नाबालिका करणी आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।
एमाले नेता समेत रहेका शिवाकोटीलाई झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
१६ वर्षीया घरेलु कामदारलाई जबरजस्ती करणी गरेको आरोपमा उनी २४ मंसिरमा काँकडभिट्टाबाट पक्राउ परेका थिए ।
किशोरीलाई शिवाकोटीले विगत तीन वर्षदेखि निरन्तर बलात्कार गर्दै आएको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ ।
What's Your Reaction?






