हिमालयन रिका सीईओविरुद्ध अख्तियारमा उजुरी 

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलविरुद्ध अख्तियारमा उजुरी परेको छ । तत्कालीन युनाइटेड इन्स्योरेन्सको सीईओ छँदा ८० लाख हिनामिना गरेको आरोपमा पौडेलविरुद्ध अख्तियारमा उजुरी परेको हो ।  पौडेलले युनाइटेडमा हुँदा कर्मचारीको नाममा एडभान्स बापत ८० लाख रुपैयाँ लिएर हिनामिना गरेको उजुरीमा उल्लेख गरिएको छ ।  उक्त विषयमा तत्कालीन बीमा समिति […]

Jan 6, 2025 - 12:08
 0
हिमालयन रिका सीईओविरुद्ध अख्तियारमा उजुरी 

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलविरुद्ध अख्तियारमा उजुरी परेको छ । तत्कालीन युनाइटेड इन्स्योरेन्सको सीईओ छँदा ८० लाख हिनामिना गरेको आरोपमा पौडेलविरुद्ध अख्तियारमा उजुरी परेको हो । 

पौडेलले युनाइटेडमा हुँदा कर्मचारीको नाममा एडभान्स बापत ८० लाख रुपैयाँ लिएर हिनामिना गरेको उजुरीमा उल्लेख गरिएको छ । 

उक्त विषयमा तत्कालीन बीमा समिति (हालको बीमा प्राधिकरण) ले पनि कम्पनीमा ८० लाख रुपैयाँ हिनामिना भएको निष्कर्ष निकाल्दै उक्त रकम सम्बन्धित कर्मचारीबाट असुल गरी आवश्यक कारवाही गर्न पत्राचारसमेत गरेको थियो । 

हाल पौडेल हिमालयन रि इन्स्योरेन्समा सीईओ छिन् । उनी २०८० असोज गते कम्पनीको सीईओमा नियुक्त भएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register