कनकाई माइमेलामा मकर नुहाउने भक्तजनलाई आगो ताप्नेको व्यवस्था

सरोज भट्टराईशिवसताक्षी, २२ पुस । विगत लामोसमयदेखि लाग्दै आएको कनकाई माइमेला यस वर्ष गएका वर्ष भन्दा व्यवस्थित हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधारमा यही माग २८ गतेदेखि मेला लाग्ने भएको हो । शिवसताक्षी नगरपालिकाले वडा नं. १० को कार्यालयलाई मेला लगाउन अनुमति दिएको छ । गएको वर्षमा ठेक्का मार्फत मेला [...] The post कनकाई माइमेलामा मकर नुहाउने भक्तजनलाई आगो ताप्नेको व्यवस्था appeared first on Jhapa Online.

Jan 6, 2025 - 15:00
 0
कनकाई माइमेलामा मकर नुहाउने भक्तजनलाई आगो ताप्नेको व्यवस्था

सरोज भट्टराई
शिवसताक्षी, २२ पुस ।
विगत लामोसमयदेखि लाग्दै आएको कनकाई माइमेला यस वर्ष गएका वर्ष भन्दा व्यवस्थित हुने भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधारमा यही माग २८ गतेदेखि मेला लाग्ने भएको हो । शिवसताक्षी नगरपालिकाले वडा नं. १० को कार्यालयलाई मेला लगाउन अनुमति दिएको छ ।

गएको वर्षमा ठेक्का मार्फत मेला लगाउँदा मनोमानी ढंगले व्यापारीबाट ठेक्केदारले शुल्क उठाएपछि मेला नगरपालिकाले आफैँ लगाउने निर्णय गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

वडाले मेलाका अवधिमा सडक र कनकाई पुलमा जाम हुन नदिन कनकाई नदिमा बैकल्पिक पुल निर्माण थालेको छ । वडा नं. १०का वडाध्यक्ष हर्क सिगुका अनुसार मेलाका लागि भिटौरीहरु नापेर सबै रेडी गरिएको छ । व्यापारीहरु सम्पर्कमा आउन थालेका छन् । वडाले थोरै मूल्यमा भिटौरी दिने निर्णय गरेको वडाध्यक्षले सिगुले जानकारी दिए ।

यस वर्ष मकर नुहाउन आउने र राती मेलामा बस्ने भक्तजनहरुलाई मध्यनजर गर्दै आगो ताप्ने व्यवस्था समेत मिलाइने वडा कार्यालयले जनाएको छ । विहान चिसो हुने भएकाले कनकाई नदिको किनारमा ५ स्थानमा आगो ताप्ने समेत व्यवस्था गरिने वडाध्यक्ष सिगुले बताए । उनले सामुदायिक वनबाट ठुला मुढा र दाउरा झिकाएर आगो विहान र राती आगो बाल्ने जानकारी दिए ।

कनकाई नदि किनार धार्मिक क्षेत्र भएकाले त्यस स्थानमा शाहकारी होटल र माइधारको पश्चिम बस्टेण्ड उत्तर मंसाहारी होटलहरुलाई भिटौरी दिने व्यवस्था मिलाइएको वडा सदस्य दिपक पोख्रेलले जानकारी दिए ।

मेलाका लागि ७ वटा शौचालय निर्माण गरिने भएको छ । शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले एक सय जना प्रहरी पठाउने र प्रहरीको खाने र बस्नेको व्यवस्था माइधार बजार विकास समितिले गर्ने भएको बताइएको छ। मेलामा प्रहरीसँगै ५० जना स्वयमसेवक, स्काउट र रेडक्रस लगायतले समेत सेवा दिने .छन् ।

वडाध्यक्ष सिगुले भने, वडाले तथा नगरले यहाँ आउने व्यापारीहरुले मनोमानी मुल्य तोकी व्यापार गर्न पाउने छैनन् । हामीले भिटौरी सस्तो गरेसँगै व्यापारीहरुले पनि ग्राहकलाई सौलियत ढंगले व्यापार गर्नु पर्ने हुन्छ । त्यसको अनुगमन नगर तथा वडाले गर्ने छ ।

मेलामा विभिन्न खेल तमासा, पिङ, नौका, ड्रागन, सकर्स, बुगीबुगी डान्स, सरकारले मान्यता दिएको आधिकारिक खेलवाडहरु, चिल्ड्रेन खेलहरु सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । कन्काई माई विशेष गरी हिन्दु धर्मावलम्बीहरुको धार्मिक मेला भएको हुँदा मेलामा मकर नुहाउने, पुजा आरधाना लगायत कार्यक्रम हुने गरेको छ ।

यस वर्ष माइ मेला ५ दिन लाग्ने व्यवस्था मिलाइएको छ । पौष २७ बेलुका सम्ममा सम्पूर्ण तयारी पुरा गरेर २८ गते दिउँसो १२ बजे मेला उद्घाटन गरिने छ भने, मेला माघ ४ गते सम्म सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । माघ १ गते मकर नुहाउन र धार्मिक अनुष्ठान गर्न नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भुटान, भारतको सिक्किम, असम, मनिपुर, दार्जिलिङ, सिलिगुडी लगायतका तीर्थालु भक्तजनहरु आउने गरेका छन् । झापाको कनकाई माई वारि माईधार तथा नदीको तट आसपासमा मेला लाग्ने गरेको छ भने कनकाई नगरपालिकाको कोटिहोम परिसरमा धुमधामले मेला लाग्ने गरेको छ ।

The post कनकाई माइमेलामा मकर नुहाउने भक्तजनलाई आगो ताप्नेको व्यवस्था appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register