कुमारी बैंकको झण्डै ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले मङ्सिर १६ गतेबाट संस्थापक सेयरधनीको नाममा रहेको २९ हजार ५ सय ४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिन भित्र आवेदन दिन सक्नेछन् […]

Dec 1, 2024 - 10:23
 0
कुमारी बैंकको झण्डै ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले मङ्सिर १६ गतेबाट संस्थापक सेयरधनीको नाममा रहेको २९ हजार ५ सय ४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।आवेदन बैंकको प्रधान वा कुमारी क्यापिटलमा दिनुपर्नेछ ।

सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सुचनामा उल्लेख छ । तोकिएको अवधिमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register