सेयर बादशाह वारेन बफेटले गरे १ अर्ब १० करोड डलर दान 

काठमाडौँ । सेयर बजारका बादशाह वारेन बफेटले १ अर्ब १० करोड डलर दान गरेका छन् । उनले आफ्नो जीवनकालमा विभिन्न संघसंस्थाहरुलाई सो रकम दान गरेका हुन् ।  बफेटले बर्कशायर हाथवेको ए वर्गको १ हजार ६ सय कित्ता सेयरलाई बी श्रेणीको २४ लाख कित्ता सेयरमा रुपान्तरण गर्ने र यी सेयरहरुलाई विभिन्न चार पारिवारिक संस्थाहरुलाई वितरण गर्ने […]

Nov 27, 2024 - 10:23
 0
सेयर बादशाह वारेन बफेटले गरे १ अर्ब १० करोड डलर दान 

काठमाडौँ । सेयर बजारका बादशाह वारेन बफेटले १ अर्ब १० करोड डलर दान गरेका छन् । उनले आफ्नो जीवनकालमा विभिन्न संघसंस्थाहरुलाई सो रकम दान गरेका हुन् । 

बफेटले बर्कशायर हाथवेको ए वर्गको १ हजार ६ सय कित्ता सेयरलाई बी श्रेणीको २४ लाख कित्ता सेयरमा रुपान्तरण गर्ने र यी सेयरहरुलाई विभिन्न चार पारिवारिक संस्थाहरुलाई वितरण गर्ने घोषणा गरेका छन् । 

त्यस्तै, उनले १५ लाख कित्ता सेयर सुसान थम्पसन बफेट फाउन्डेसनलाई दिने भएको छन् । त्यसबाहेक बफेटले बाँकी रहेको सेयरमध्ये ३/३ लाख कित्ता सेयर शेरवुड फाउन्डेसन, जी बफेट फाउन्डेसन र नोभो फाउन्डेसनलाई दिने भएका छन् । 

९४ वर्षीय बफेटले बर्कशायर ह्याथवेका सेयरधनीहरुसँग मृत्युपछि आफ्नो सम्पत्तिको विवरणको विस्तृत योजना प्रस्तुत गर्दै सेयर दान गर्ने घोषणा गरेका हुन् । योसँगै बर्कशायरमा बफेटको ए श्रेणीको सेयर स्वामित्व घटेर २ लाख ६ हजार ३ सय ६३ कित्तामा झरेको छ । हालसम्म बफेटले बर्कशायरमा भएको आफ्नो कुल सेयरको करिब ५७ प्रतिशत सेयर दान गरिसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register