अनुत्तरित प्रश्नहरूले परिवेष्टित अचाडु वर्तमान

 -: नकुल काजी :-दाेस्राे जनआन्दाेलनकाे मूल र लगभग ‘कुल’ सफलता  त केवल २३९ वर्षदखि  देशवासीका मन-मस्तिष्कमा वंशानुगत रूपमा ‘देवत्व’-काे अनुभूति प्रत्याभूत गराउँदै आएकाे शाहवंशीय राजतन्त्रकाे ‘ठाउँ खाली’ मात्र गरेकाे रहेछ । र, तदाेपरान्त त्यस खाली ठाउँमा देश-शासनकाे ताला-चाबी तीनवटा  दलकाे आलाेपालाे ‘एकाधिपत्य हैकम’-ले भर्ने काम हुँदै आएकाे क्रममा गणतन्त्राेत्तर त ‘देश’-रूपी बालीमा उनीहरूकै अङ्कुशहीन उफ्रीपाफ्री-बाँकट्टे [...] The post अनुत्तरित प्रश्नहरूले परिवेष्टित अचाडु वर्तमान appeared first on Jhapa Online.

Dec 12, 2024 - 01:40
 0
अनुत्तरित प्रश्नहरूले परिवेष्टित अचाडु वर्तमान

 -: नकुल काजी :-
दाेस्राे जनआन्दाेलनकाे मूल र लगभग ‘कुल’ सफलता  त केवल २३९ वर्षदखि  देशवासीका मन-मस्तिष्कमा वंशानुगत रूपमा ‘देवत्व’-काे अनुभूति प्रत्याभूत गराउँदै आएकाे शाहवंशीय राजतन्त्रकाे ‘ठाउँ खाली’ मात्र गरेकाे रहेछ । र, तदाेपरान्त त्यस खाली ठाउँमा देश-शासनकाे ताला-चाबी तीनवटा  दलकाे आलाेपालाे ‘एकाधिपत्य हैकम’-ले भर्ने काम हुँदै आएकाे क्रममा गणतन्त्राेत्तर त ‘देश’-रूपी बालीमा उनीहरूकै अङ्कुशहीन उफ्रीपाफ्री-बाँकट्टे र राइँदाइँ  नै  सदावहार बनेकाे छ । यसैलाई अझै पनि अघाेषितरूपमा ‘निमुखा प्रजा’-कै दर्जाम रहेका ‘नेपाली’-ले प्रजातान्त्रिक युगाभ्यास मान्नु परिरहेकाे छ । उस समय राजकुलवंशीय शासन थियाे र त्यसले एकाधिकार देश भाेगेकाे थियाेे भने अहिले आँखीभाै समेत फुलिसकेका  ‘तीन टाउके’-काे ‘जहानियाँ’ शासन बहाल हुँदै आएकाे छ । ‘जहानियाँ’ के मानेमा भने – पत्नी,भाइ,छाेरी, ज्वाइँ, सम्दी, बुहारीदेखि पारिवारिक नाता -थर-गाेत्रादिका आशे-पासेहरूलाई,आफू सिंहदरवारकाे उपल्लाे कुर्सीमा बस्ने खेलाे सफल भएकाे माैकामा, निर्लज्ज शासकीय अधिकारमा स्थापित गर्ने अप्रजातान्त्रिक दुष्कर्मलाई अरू के भनेर प्रष्ट्याउने त ? त्यति मात्र कहाँ र, सत्तासीन दलीय  मालिक-मुखियाहरूले मातहतका  पाउभक्त झाेले, काैडे-कन्दने, गुइँठे, कालकाँधे, लबरस्वाँठ, चाैट्टा, लबरधुङ, लाेक्ते, भ्रष्ट, कमिसनखाेर, दही-चिउरे, कमाउकान्ते आदि-इत्यादिकाे, सम्भवतः झापा-कचनकवलदेखि सगरमाथासम्मै ढलीमली चलिरहेका दृश्यावलीलाई  के भनेर  र कसरी बुझिदिनु पर्ने त ?  यी सबै प्रजातान्त्रिक, लाेकतान्त्रिक, गणतान्त्रिक परिवर्तनका द्याेतक जात्रा हुन्  त ? अतः यिनै विडम्बनावेष्टित शासकीय चरम मिलीभगते  स्वेच्छाचारिताले भूइँ नागरिक जीवनका दैनिकीहरू त अविराम पीडित-प्रताडित भइरहेकै छ, सामाजिक र राष्ट्रिय परिवेश समूल वितृष्ण र वेचैन बनिरहेकाे छ ।

जसले जति नै परिपाठ लगाए पनि मान्छे  विशेषले बुझेकाे वा अभ्यन्तरबाट ग्रहण गरेकाे विषय  नै उसकाे ‘सत्य’ हुने हुन्छ – अन्यथा ‘सत्य’ सापेक्ष छ । अथवा, व्यक्तिले आफ्नाे  अनुभवकाे नाङ्लाेमा छिन्किएर र उसका नितान्त निजी  स्पन्दनहरू छामेर नधकाइकन दिने अभिव्यक्तिमै उसकाे  सहाेदर ‘सत्य’ हुने हुन्छ – चाहे  सामाजसँग वैभिन्न्य नराख्ने अवधारणागत मनाेवैज्ञानिक नजरशर्मिताका कारण उसले उसकाे अनुभूति अविकृत रूपमा अभिव्यक्त गराेस् वा अतिरञ्जित नै गराेस् । यस भावभूमिमाथि उभिएर हालकाे सरकारकाे अनुहारतिर हेर्दै यी अक्षर कुँदिरहँदा  कलम मात्र हाेइन ‘लाज’ स्वयम्  पनि लजाउने स्थिति जाे अहिले विद्यमान छ । अन्य छत्ताछुल्ल विषयहरूमध्ये –  सरकारले, उसकै घर-गाउँका पगितै ‘मिडिया’-हरूले अस्ति गाईतिहारे ओैंसीकाे अघिल्लाे  दिन देखाएका, भनेका र छापेका खबरहरू प्रायः सबै सचेत कित्ताकाले देखेकै-सुनेकै  त हुनन् । ती केन्दीय सरकारले ठूलाे सास फेरेकाे पनि सुन्न पाइरहेका ती सूचना माध्यमहरू  भन्दैथे – “जाजरकाेट र पश्चिम रुकुममा भूकम्प आएर हजाराैंकाे गाँस-बास भताभुङ्ग पारी  १५७ नेपालीकाे ज्यान समेत लिएर  गएकाे  आज ठ्याक्क एक वर्ष बित्याे, सरकारले उसैबेला घाेषणा गरेकाे ‘राहत’ अझै पाएका छैनन् र चाडबाडकाे रमाइलाे त परै जाओस्, याे हिउँद पनि टहरा-छाप्रामै बिताउनुपर्ने भयाे इत्यादि भनेर पीडितहरूले चर्काे उत्ताप सुनाएका छन् ।” तिनै मिडियाहरूले हालैकाे भीषण वर्षाले उसरी नै जन-धनकाे अत्यधिक तहसनहस पारेकाे काभ्रेका बासिन्दाका बिलाैना पनि पुनरावृत गरेका थिए ।

देशभित्र हुँदा ‘सुखी नेपाली समृद्ध नेपाल’-काे जप-तपकाे गुड्डी हाँक्तै जन-सराेकारलाई बिन्दुभर  नछुने हावाबाज गायत्री मन्त्र र अन्तर्राष्ट्रिय मञ्चमा कुर्लिने माैका पाउँदा त्यही मन्त्र  ‘सुखी नेपाली समृद्ध अन्तर्राष्ट्रिय जगत’ बनाएर गर्धनका नसा फुलाउनेका लागि काभ्रे, जाजरकाेट र पश्चिम रुकुमका लथालिङ्ग  भूगाेल र बिदीर्ण जनसमाजका प्रतिकाे असंवेदनशीलता  नै आफ्नाे  ‘शासकीय यथार्थकाे अनुहार’ छर्लङ्ग  देखिने नयाँ ऐना हाेइन  र  ? देश र देशवासीकाे अपूर्व कष्टकर जीवनचर्य्यालाई रत्तिभर सम्बाेधन नगर्ने कुन परिभाषाकाे ‘प्रजातन्त्र’ हाँक्किइरहेकाे छ त ?  जुन देशमा भ्रष्टाचार, कमिसनखाेरी, ‘सेटिङ’ इत्यादि भनिने नागरिकमारा क्रियाकलाप बिरुद्धका आम आवाज र  करुण क्रन्दन सुन्ने दायित्व बाेक्नेहरूका कान गैंडाकाे छालाभन्दा बाक्ला (बहिरा) छन् एकातिर भने अर्कातिर नागरिकले आफ्ना आधारभूत  गुनासा पाेखेकाे चाहिँ  नसुनेर – ‘आधुनिक नेपाल बनाउने अभियानका लागि सत्तारुढ पार्टीलाई आधुनिक भवन चाहिने भएकाले …’ भनेर हाल एकाधिपत्य सरकारी पार्टीका बुख्याँचे पदाधिकारीहरू  थप सक्कली  भ्रटाचारमाथि पर्दा हाल्न तल्लिन गराइएका छन् । याे प्रसंग भाटभटिनीका खतुकी मालिकसँग सरकार प्रमुखले सपत्नी सार्वजनिक रूपमा उभिएर  अर्बाैं मूल्य पर्ने जग्गा सरेआम (घुस ?) लिएकाे विषयकाे पुष्टिलाई हाे । याे पनि पाउभक्तहरूकाे भजन-कीर्तनमा आउने स्तुतिका बुँदामध्ये आउने गरेकाे, हाल निरीह बनेका, नागरिक-कानमा आलै छ । प्रजातन्त्रवाद किंवा साम्यवादका विश्वमान्य सारभूत सिद्धान्तहरूकाे यस  किसिमकाे ठाडाे उपहासप्रद अभ्यास विश्व समाजमा अन्यत्र कहीँ भइरहेकाे हाेला त ? अर्थात् , विश्वका अन्य देशहरूमा नभएकाे अभ्यास नेपालमा हुनुलाई नै गणतन्त्राेत्तरका शासकहरूले ‘आफ्नाे विशेषता’ मानिरहेका पनि हुन सक्तछ । तर, के ताैजी नमिलेर हाे कुन्नि, असन्तुष्ठी र आक्राेश जति नै बढे पनि नागरिक तप्काले  निर्णायक निष्कर्ष आँक्न सकिरहेकाे  छैन । यद्यपि, याे ‘आँधी आउनअघिकाे आकाशे सन्नाटा’ पनि हुन सक्छ ।

दलीय प्रजातान्त्रिक शासन प्रणाली भएका देशहरूमा संस्थाकाे रूपमा चल्ने प्रकृतिका  दलहरू नै शासनका मुख्य र अपरिहार्य अवयव मानिन्छन् । परन्तु,  हाम्राे देशकाे वर्तमानमा, खासगरी २०४८ सालयता, शासनमा अवतरित हुने गरेका दलहरूले आफू  मुख्य नेता (मुखिया !) रहेकाे दललाई  बपाैती वा पैतृक जिमीदारीकाे झल्काे दिने गरेर  जन-नजरमा अचाढू खेल चलाइआइरहेका छन् । र,  ‘अनभिज्ञ मतदाताकाे बाहुल्य’-बाट लाभान्वित उनीहरूका मुखिया तप्कादेखि तल क्रमशः पटुवारी, डफ्फेदार, कार्बारी हुँदै  हल्कारासम्म सबैले जन-सराेकारका विषयमा असरल्लै भाषण बास्ने बाहेक अभ्यासलाई शून्यप्रायः राख्ने चलन याे ताजा वर्तमानमा त झन् प्रखर बनाएका छन् । उनीहरूका भाषणमा ‘सुशासन’, ‘भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलता’, ‘देशकाे समृद्धि’ इत्यादि नागरिकलाई गुलियाे अनुभूत हुने शब्दहरू ‘नाैमति बाजामा स्वर ढाक्ने ढाेलक’ उखानकाे धर्ममा प्रयुक्त हुन्छन् । यस्ता भाषण सुनिरहँदा र उनीहरूकै उपल्ला नेताहरू भ्रष्टाचारमा हाकाहाकी चुर्लुम्मिरहेका नाटकीय खेल-तमाशा  हेरिरहँदा यस्ताे अल्मल र खल्बल पैदा हुन्छ, मानाें, ‘राज्यव्यवस्था परिवर्तन भनेकाे यही हाे त ? त्यसाे भए अघिल्लाे व्यवस्थालाई अवराेपण गरी माैजूदा  व्यवस्था उपस्थापित गर्न  आम  नेपालीकाे सहयाेग बटुलिरहेका बेलाका प्रतिबद्धताहरू कसलाई साेधेर यस रूपमा पर्लक्क उल्टाइएकाे  हाे  ? कि यसाे गर्न ठूला-हैकमी दलका ऋषिकेश, धनराज, गाेकुल, शंकर वैरागी, लिलाबल्लभ प्रभृतिकाे नेतृत्व थियाे र उनीहरूले सम्मान पाइरहेका हुन् त ? नागरिकवृत्तका नेपालीमा कानूनी राज्य र विधिकाे शासन थला परेकाे आभाष भइरहेकाे तथा जन-सराेकारका उम्दा विषयहरूकाे राेदन-क्रन्दनका प्रति ‘राज्य’-काे समवेदना रित्तिरहेकाे याे समय-सन्दर्भमा यस्ता हजाराैं प्रश्न नागरिक जीवनका हरेक तप्कामा उर्लिरहेकाे छ । त्यसाे हुँदा  कुलमान घिसिङ, रबि लामिछाने, शेखर काेइराला प्रभृतिका प्रतिकाे जन-रुझान आखिर केकाे परिणाम हाे नि ? अथवा , स्थानीय निकायहरूका हालै सम्पन्न विभिन्न पद-पूरक निर्वाचनकाे परिणाममा  ‘माैजूदा राज्य’-ले के देख्याे र के बुझ्याै त ? अतः ‘जनता’ भनेकाे  देशकाे स्थूल परिभाषामा सर्वाेपरि ‘भूगाेल’-पछिकाे दाेस्राे अवयव हाे र तिनले छलकपट, ढाँटढुँट र हेपायती व्यवहार एउटा हदसम्म मात्र सहन्छ । र, स्वयम् आफ्नाे रूप धागाे छिनेकाे चङ्गा वा वर्षायामकाे गङ्गामा परिणत गर्न पनि सक्छ । किनभने, कहीँका पनि किन नहुन्,  ‘जनता’ राजनीतिका पेशेवार हुँदैनन् , जीवन निर्वहन नै उनीहरूकाे जीवन-जगतकाे सर्वस्व हुने हुन्छ । यस्तै उदाहरण त केही वर्षदेखि वरिपरिकै देशहरूमा प्रकटित छैनन् र ??…..

The post अनुत्तरित प्रश्नहरूले परिवेष्टित अचाडु वर्तमान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register