उच्च अदालत इलाममा झापाबाटै अनलाइन बहस

भद्रपुर, २७ मंसिर । उच्च अदालत विराटनगर, इलाम इजलासमा झापा जिल्लाबाट नै बहस पैरवी हुँदै आएकोमा बुधबारद्ेखि इन्टरनेटको थप क्षमता बृद्धि गरिएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतबाट अनलाइन (श्रब्यदृष्य) बहसको प्रभावकारिता बृद्धिका लागि निर्देशन भए बमोजिम इन्टरनेट क्षमता बिस्तार भएको हो । जिल्ला अदालत झापाले गरेका फैसला उपर चित्त नबुझेर उच्च [...] The post उच्च अदालत इलाममा झापाबाटै अनलाइन बहस appeared first on Jhapa Online.

Dec 12, 2024 - 01:32
 0
उच्च अदालत इलाममा झापाबाटै अनलाइन बहस

भद्रपुर, २७ मंसिर । उच्च अदालत विराटनगर, इलाम इजलासमा झापा जिल्लाबाट नै बहस पैरवी हुँदै आएकोमा बुधबारद्ेखि इन्टरनेटको थप क्षमता बृद्धि गरिएको छ ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतबाट अनलाइन (श्रब्यदृष्य) बहसको प्रभावकारिता बृद्धिका लागि निर्देशन भए बमोजिम इन्टरनेट क्षमता बिस्तार भएको हो । जिल्ला अदालत झापाले गरेका फैसला उपर चित्त नबुझेर उच्च अदालत विराटनगर इलाम इजलासमा पुनरावेदन गरेका मुद्दा र निवेदनमा बहस पैरवी गर्न झापा जिल्ला अदालतमा भिडियो कन्फरेन्स सेट जडान गरी जुम एप्स मार्फत भिडियो कनफरेन्सबाट बहस हुँदै आएको भए पनि इन्टरनेटको कमजोर क्षमताका कारण अनलाइन बहसको समयमा आवाज अड्किने रोकिने समस्या आउने गरेको थियो ।

सर्वोच्च अदालतसंग समन्वय गरी ४० एमबीपीएसको इन्टरनेट जडान गरी बहस शुरु गरिएको झापा अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताउनुभयो । प्रविधिको प्रयोगबाट बहसको लागी इलाम जाने झन्झट हटेको र सरोकारवाला न्यायका उपभोक्तालाई न्यायमा सरल, सुलभ र कम खर्चिलो भएको छ।

सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश अनिल सिन्हाबाट २०८० जेठ १७ गते उद्‍घाटन भई कानुन व्यवसायी अशोककुमार पोखरेलले पहिलो बहस गरी अनलाइनबाट बहस शुरु भएको थियो ।

The post उच्च अदालत इलाममा झापाबाटै अनलाइन बहस appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register