गोरक्षा महोत्सव : शिवसताक्षी नगरपालिकामा स्थानीय विदा

शिवसताक्षी, १६ मंसिर । झापाको शिवसताक्षी नगरपालिका भरी भोलि मंसीर १७ गते स्थानीय विदा हुने भएको छ । शिवसताक्षी नगरपालिकाले नेपालको प्रशिद्ध धार्मिक स्थल सताक्षीधाममा नेपाल कै पहिलो ५१ फिट अग्लो रुद्राक्षबाट बनेको पार्थिव शिवलिङ्गको अनावरण तथा गोरक्षा महोत्सवको उद्घाटनका लागि नगरभरी विदा स्थानीय विदा दिएको हो । नगरका प्रबक्ता बहादुर आङ्गबाले सताक्षीधाम नेपालकै प्रशिद्ध [...] The post गोरक्षा महोत्सव : शिवसताक्षी नगरपालिकामा स्थानीय विदा appeared first on Jhapa Online.

Dec 1, 2024 - 12:42
 0
गोरक्षा महोत्सव : शिवसताक्षी नगरपालिकामा स्थानीय विदा

शिवसताक्षी, १६ मंसिर । झापाको शिवसताक्षी नगरपालिका भरी भोलि मंसीर १७ गते स्थानीय विदा हुने भएको छ ।

शिवसताक्षी नगरपालिकाले नेपालको प्रशिद्ध धार्मिक स्थल सताक्षीधाममा नेपाल कै पहिलो ५१ फिट अग्लो रुद्राक्षबाट बनेको पार्थिव शिवलिङ्गको अनावरण तथा गोरक्षा महोत्सवको उद्घाटनका लागि नगरभरी विदा स्थानीय विदा दिएको हो ।

नगरका प्रबक्ता बहादुर आङ्गबाले सताक्षीधाम नेपालकै प्रशिद्ध तीर्थ स्थल र यसले यस शिवसताक्षी नगरपालिकाको गरिमा उच्च राखेको बताए छ । उनले नगरले उक्त स्थानमा भोलिबाट हुन गोरक्षा महोत्सव र नवनिर्मित पार्थिव शिवलिङ्गको अनावरणका लागि नगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको बताए ।

एनका अनुसार नगरपालिककाले बोर्ड बैठकबाट अत्यावश्यक सेवा बाहेक नगरका सबै वडा कार्यालय, स्वास्थ कार्यालय, शैक्षिक संस्थाहरुलाई विदा दिने निर्णय गरेको छ । बालाचतुर्दशी पर्वमा नगरपालिकाले अघिल्ला वर्षहरुमा पनि विदा दिदै आएको थियो । यस पल्ट बालाचतुदर्शी पर्व शनिबार परेकाले पनि महोत्सव र शिवलिङ्ग अनावरणमा विदा दिइएको बताइएको छ ।

सताक्षीधाममा भोली १७ गतेदेखि २४ गतेसम्म गोरक्षा महोत्सव पनि सुरु हुँदैछ । उक्त स्थानमा नवनिर्मित सवा करोड रुद्राक्षबाट बनेको शिवलिङ्गको चताराधामका पिठाधिपति देवचार्य बालसन्न महाराजको बाहुलीबाट अनावरण गरिने श्री शताक्षी गोलोक गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले जानकारी दिए । उनले गोरक्षा महोत्सवको उद्घाटनमा सबैलाई आइदिन अनुरोध समेत गरेका छन् ।

नवनिर्मित पार्थिव शिवलिङ्गले सताक्षीधाममा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने देखिएको छ ।

Scanned Image

The post गोरक्षा महोत्सव : शिवसताक्षी नगरपालिकामा स्थानीय विदा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register