आचार्यले दिए राहत कोषलाई १५ हजार १०० सहयोग

झापा, १० पुस । मेची–महाकाली सरसफाई अभियानका अभियन्ता, सडकवासी सहयोगापेक्षीको उद्धारकर्ता, असहायको सहयोगी र अपाङ्गता भएका बिरामीका लागि स्रोतसाधन जुटाएर सित्तैमा ह्वीलचेयर दिने मनकारी व्यक्ति हुन् बिष्णु आचार्य । समाज परिवर्तन र गरिब तथा पीडितको अधिकारका लागि लड्न समर्पित उनले रक्तदानमा सहजीकरण, सडकमा असाहय बनेका मानिसको उद्धार, अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न उपलब्ध गराउने काममा समेत [...] The post आचार्यले दिए राहत कोषलाई १५ हजार १०० सहयोग appeared first on Jhapa Online.

Dec 25, 2024 - 13:27
 0
आचार्यले दिए राहत कोषलाई १५ हजार १०० सहयोग

झापा, १० पुस । मेची–महाकाली सरसफाई अभियानका अभियन्ता, सडकवासी सहयोगापेक्षीको उद्धारकर्ता, असहायको सहयोगी र अपाङ्गता भएका बिरामीका लागि स्रोतसाधन जुटाएर सित्तैमा ह्वीलचेयर दिने मनकारी व्यक्ति हुन् बिष्णु आचार्य । समाज परिवर्तन र गरिब तथा पीडितको अधिकारका लागि लड्न समर्पित उनले रक्तदानमा सहजीकरण, सडकमा असाहय बनेका मानिसको उद्धार, अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न उपलब्ध गराउने काममा समेत सधैं अगाडि छन् । उनै आचार्यले बुधवार पनि समाजोपयोगी काम गरेका छन् ।

विपद्मा परेका व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा आर्थिक सहयोग पु¥याएर उनले समाजोपयोगी काम गरेका हुन् । एक करोड रुपैयाँको ‘व्यवसायी राहत कोष’स्थापना गर्दै त्यसको व्याजबाट विपद्मा परेका व्यवसायीलाई सहयोग गर्ने उद्योग वाणिज्य संघको अभियानमा आचार्यले १५ हजार एक सय रुपैयाँ सहयोग गर्दै कोष बृद्धिमा इँटा थपेका हुन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा उनलाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्र समेत प्रदान ग¥यो ।

नेपाली भाषा–साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले सुखको परिभाषा दिँदै भनेका छन् – ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँ छ ?’ म खाउँ मै लाउँ, अरु सबै मरून् दुर्बलहरू भन्ने भावनाले वास्तविक आनन्द प्राप्त हुँदैन । परोपकारमा वास्तविक पुण्य छ । धर्म भनेकै मानवताको सेवामा निहीत छ  भनेझैं आचार्ययले पनि संघको कोष वृद्धिमा आर्थिक सहयोग गर्दै परोपकारी भावना जागृत गराइदिएका छन् ।

‘वल्र्ड क्लीनअप डे लिडर्स एकाडेमी एशिया’ नाम दिइएको अन्तर्राष्ट्रिय कार्यक्रममा समेत नेपालको प्रतिनिधित्व गर्दै कन्ट्री लिडरका रुपमा  सहभागी भएका विष्णुले नेपालमा समेत विभिन्न कार्यक्रम गरेर अलग्गै पहिचान बनाएका छन् । उनै विष्णुले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको राहत कोष वृद्धिका लागि सयौं दाताहरुलाई जोड्ने काम गरेको भन्दै उनको संघका पदाधिकारीले उच्च प्रशंसा गरेका छन् ।

व्यवसायी राहत कोषमा १० लाख बढी जम्मा
बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा १० लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ ।
बिर्तामोडका सामाजिक व्यक्तित्व तथा व्यवसायीहरुले कोष वृद्धिका लागि सहयोग गरेसंगै कोषमा रकम जम्मा हुने क्रम बढेको हो । दाताले कोष वृद्धिका लागि विभिन्न अवसर पारेर कोषलाई सहयोग पु¥याउँदै आएको संघका महासचिव कुशल खतिवडाले बताए । दिनहुँजसो व्यवसायीले सहयोग रकम लिएर कोष वृद्धिका लागि  संघमा आउने गरेको खतिवडाको भनाई छ ।

The post आचार्यले दिए राहत कोषलाई १५ हजार १०० सहयोग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register