रविलाई बयानका लागि चितवन लगियो 

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । लामिछानेलाई आज (मंगलबार) बिहान चितवन लगिएको हो । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेविरुद्ध चितवनमा पनि उजुरी परेपछि उनलाई बयानका लागि काठमाडौँबाट चितवन लगिएको प्रहरीले जनाएको छ ।  चितवनमा सहारा चितवन सहकारीका बचतकर्ताले सहकारीमा भएको रकम हिनामिना प्रकरणमा […]

Dec 3, 2024 - 04:05
 0
रविलाई बयानका लागि चितवन लगियो 

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । लामिछानेलाई आज (मंगलबार) बिहान चितवन लगिएको हो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेविरुद्ध चितवनमा पनि उजुरी परेपछि उनलाई बयानका लागि काठमाडौँबाट चितवन लगिएको प्रहरीले जनाएको छ । 

चितवनमा सहारा चितवन सहकारीका बचतकर्ताले सहकारीमा भएको रकम हिनामिना प्रकरणमा रविविरुद्ध मंसिर ५ गते पूरक जाहेरी दिएका थिए । सोही जाहेरीमाथिको अनुसन्धानका लागि लामिछानेलाई चितवन लगिएको हो । 

कास्कीबाट बयानका लागि काठमाडौँ ल्याइएका रविलाई यसअघि बयानका लागि रूपन्देही लगिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register