दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध संसद्‌मा पेस महाभियोग प्रस्ताव रोक्ने प्रयास

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलको पार्टीले संसद्‌मा ल्याएको महाभियोग प्रस्तावको कडा विरोध गर्ने बताएको छ । पार्टीका नेता हान डोङ-हुनले आफ्नो पार्टीले संसद्‌मा प्रस्तावलाई रोक्न आफ्ना सहयोगीहरूलाई एकजुट गर्ने प्रयास गर्ने बताएका छन्। हान डोङ-हुनले भने, ‘पार्टी नेताको हैसियतमा म यस महाभियोगलाई पारित हुनबाट रोक्न काम गर्नेछु, किनकि यसले अभूतपूर्व अराजकता र हाम्रा […]

Dec 5, 2024 - 06:18
 0
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध संसद्‌मा पेस महाभियोग प्रस्ताव रोक्ने प्रयास

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलको पार्टीले संसद्‌मा ल्याएको महाभियोग प्रस्तावको कडा विरोध गर्ने बताएको छ ।

पार्टीका नेता हान डोङ-हुनले आफ्नो पार्टीले संसद्‌मा प्रस्तावलाई रोक्न आफ्ना सहयोगीहरूलाई एकजुट गर्ने प्रयास गर्ने बताएका छन्।

हान डोङ-हुनले भने, ‘पार्टी नेताको हैसियतमा म यस महाभियोगलाई पारित हुनबाट रोक्न काम गर्नेछु, किनकि यसले अभूतपूर्व अराजकता र हाम्रा जनता र समर्थकहरूलाई हानि पुर्‍याउन सक्छ।’

तर, हानले महाभियोगको विरोध गर्नु भनेको मार्शल ल लागू गर्ने राष्ट्रपतिको प्रयासको समर्थन नभएको स्पष्ट पारे ।

उनले भने, ‘राष्ट्रपतिलगायत असंवैधानिक मार्शल लमार्फत राष्ट्रलाई अस्थिर बनाउने र जनतालाई आतंकित पार्ने जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउनुपर्छ ।’

राष्ट्रपतिलाई सत्ताबाट हटाउन विपक्षी दललाई राष्ट्रपति युन सुक(योलको पार्टीका आठ सदस्यको समर्थन चाहिन्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register