कति छ वाणिज्य बैङ्कहरुको सम्पत्ति ?

काठमाडौं । हाल नेपालमा २० वटा वाणिज्य बैङ्कहरु सञ्चालनमा रहेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक मसान्तसम्मको अवधिमा वाणिज्य बैङ्कहरूको कुल सम्पत्ति बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको चार महिनामा बैङ्कहरूको सम्पत्ति ११ दशमलव २८ प्रतिशतले वृद्धि भएको हो । समीक्षा अवधिसम्म वाणिज्य बैङ्कको कुल सम्पत्ति ७४ खर्ब ६८ अर्ब […]

Dec 19, 2024 - 10:41
 0
कति छ वाणिज्य बैङ्कहरुको सम्पत्ति ?

काठमाडौं । हाल नेपालमा २० वटा वाणिज्य बैङ्कहरु सञ्चालनमा रहेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक मसान्तसम्मको अवधिमा वाणिज्य बैङ्कहरूको कुल सम्पत्ति बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको चार महिनामा बैङ्कहरूको सम्पत्ति ११ दशमलव २८ प्रतिशतले वृद्धि भएको हो ।

समीक्षा अवधिसम्म वाणिज्य बैङ्कको कुल सम्पत्ति ७४ खर्ब ६८ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत आवको तुलनामा सो अवधिमा बैङ्कहरुको सम्पत्ति ७ खर्ब ५७ अर्ब ४४ करोड ९ लाख रुपैयाँ थपिएको हो ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरुमध्ये चार महिनामा एनआइशी एसिया बैङ्कको सम्पत्ति घटेको छ भने अन्य १९ बैङ्कको सम्पत्तिमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा एनआइशी एसियाको सम्पत्ति १२ दशमलव २७ प्रतिशतले घटेर ३ खर्ब ९२ अर्ब ८६ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कको कुल सम्पत्ति ४ खर्ब ४७ अर्ब रहेको थियो ।

त्यस्तै, चार महिनाको तथ्यांकअनुसार ग्लोबल आइएमई बैङ्कको सम्पत्ति सबैभन्दा धेरै रहेको छ भने सबैभन्दा बढी सम्पत्ति हुने वाणिज्य बैङ्कहरुको सूचीमा दोस्रो नबिल बैङ्क रहेको छ ।

ग्लोबल आइएमई बैङ्कले कात्तिक मसान्तसम्ममा आफ्नो सम्पत्ति १४ दशमलव ८४ प्रतिशतले बढाएको छ । हाल बैङ्कको कुल सम्पत्ति ६ खर्ब ४९ करोड ९७ लाख ५४ हजार रुपैयाँ रहेको छ । त्यस्तै नबिल बैङ्कसँग ६ खर्ब ६ अर्ब ६० करोड ५४ लाख रुपैयाँको सम्पत्ति रहेको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको कुन सम्पत्ति ५ खर्ब ८० अर्ब र राष्ट्रिय वाणिज्य बैङ्कको ५ खर्ब २० अर्ब ६३ करोड, कुमारी बैङ्कको ४ खर्ब ७७ अर्ब, लक्ष्मी सनराइज बैङ्कको ४ खर्ब १७ अर्ब, हिमालयन बैङ्कको ३ खर्ब ९६ अर्ब, प्रभु बैङ्कको ३ खर्ब ७९ अर्ब, कृषि विकास बैङ्कको ३ खर्ब ६६ अर्ब र नेपाल बैङ्कको ३ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ ।

यसै गरी सिद्धार्थ बैङ्कको ३ खर्ब २१ अर्ब, एनएमबि बैङ्कको ३ खर्ब २० अर्ब, प्राइम बैङ्कको ३ खर्ब, एभरेस्ट बैङ्कको २ खर्ब ९१ अर्ब, सानिमा बैङ्कको २ खर्ब ४५ अर्ब, सिटिजन बैङ्कको २ खर्ब ३६ अर्ब, नेपाल एसबीआई बैङ्कको २ खर्ब ३१ अर्ब, माछापुच्छ्रे बैङ्कको २ खर्ब ४ अर्ब र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको १ खर्ब ६३ अर्ब १ करोड रुपैयाँ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register