एसियाली विकास बैङ्कले तीन परियोजनाका लागि १ खर्बभन्दा धेरै रकम सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले नेपालका विभिन्न तीनवटा परियोजनाका लागि एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान र बाँकी सहुलियतपूर्ण ऋण हुने बताइएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडीबीका देशीय […]

Dec 20, 2024 - 10:23
 0
एसियाली विकास बैङ्कले तीन परियोजनाका लागि १ खर्बभन्दा धेरै रकम सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले नेपालका विभिन्न तीनवटा परियोजनाका लागि एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान र बाँकी सहुलियतपूर्ण ऋण हुने बताइएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे ।

दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रमका लागि उक्त रकम सहयोग गरिएको हो ।

हस्ताक्षरपछि सचिव घिमिरेले नेपालको समाजिक आर्थिक विकासमा एडीबीबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register