बुटवल– १२ र १३ मा लालपुर्जाविहीन जग्गाको नापजाँच सुरु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा लालपुर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच शुरु गरेको हो । बुटवलका वडा नम्बर १२ दुर्गानगर र वडा नम्बर १३ को तारा टोलमा नापजाँच नभएका जग्गाहरूको नापजाँचका […]

Jun 3, 2025 - 16:50
 0
बुटवल– १२ र १३ मा लालपुर्जाविहीन जग्गाको नापजाँच सुरु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा लालपुर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच शुरु गरेको हो ।

बुटवलका वडा नम्बर १२ दुर्गानगर र वडा नम्बर १३ को तारा टोलमा नापजाँच नभएका जग्गाहरूको नापजाँचका लागि बुटवल उपमहानगरबाट प्राविधिक टोली खटिएको छ ।

बुटवलका लालपुर्जाविहिन जग्गाहरूको नापजाँच गरी साउन महिनाभित्रै लालपूर्जा वितरण गर्ने गरी नापजाँच सुरु भएको नगर प्रमुख (मेयर) खेलराज पाण्डेयले बताए । ‘यसअघि बुटवल– ११ स्थित मजुवाका पाँचवटा टोलमा एक हजार ७५० घरघडेरीको नापजाँच सकिएको छ,’ उनले भने, ‘त्यसअघि बुटवल– ११ स्थित प्रगतिनगर एक हजार ७५२, बुटवल– २ स्थित पाखापानी, मनकामना टोल, सिर्जनानगरमा ९५०, बुटवल– १४ स्थित कैलाशनगर ६५, बुटवल– १४ स्थित विनायकपुरमा १०० जति घरघडेरीको नापजाँच भइसकेको छ ।’

प्रक्रिया पूरा भएका जग्गाहरूको लालपुर्जा दिने तयारीका साथ बुटवल उपमहानगर र भूमि समस्या समाधान आयोगले काम गरिरहेको मेयर पाण्डेले बताए ।

बुटवल उपमहानगरको क्रियाशीलताका कारण सबैभन्दा सुरुमा बुटवलमा लालपुर्जा वितरण हुने गरी काम भइरहेको भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले बताए ।

‘लालपुर्जाविहीन जग्गाहरुको नापजाँचमा वडासँग समन्वय र सहकार्यमा कुनै विवादबिना नापजाँच प्रक्रिया पूरा भएका घरघडेरीको लालपूर्जा दिने गरी काम अगाडि बढाएका छौं,’ उनले भने । डिजिटल नापी भएका कारणले कुनै समस्या नआउने गरी नापजाँच हुनेमा सबैलाई ढुक्क हुन समेत थापाले कआग्रह गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register