सम्पत्ति शुद्धीकरणमा दोषी ठहरिए रविले पार्टी सदस्यतासमेत गुमाउने !

काठमाडौं । २५ कात्तिकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रवि लामिछाने जिउँदो रहुन्जेल राष्ट्रिय स्वतन्त्र पाटी सभापति रहने बताएका थिए । सहकारी ठगी प्रकरणमा पार्टी सभापति लामिछाने पक्राउ परेपछि पोखराको विरोध सभामा सम्बोधन गर्ने क्रममा उनले नेतृत्वमा विकल्प नभएको तर्क गरेका थिए । तर, अब लामिछानेविरुद्ध लगाइएको मुद्दा प्रमाणित भएमा उनी आजीवन पार्टी सभापति […]

Dec 23, 2024 - 10:08
 0
सम्पत्ति शुद्धीकरणमा दोषी ठहरिए रविले पार्टी सदस्यतासमेत गुमाउने !

काठमाडौं । २५ कात्तिकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रवि लामिछाने जिउँदो रहुन्जेल राष्ट्रिय स्वतन्त्र पाटी सभापति रहने बताएका थिए ।

सहकारी ठगी प्रकरणमा पार्टी सभापति लामिछाने पक्राउ परेपछि पोखराको विरोध सभामा सम्बोधन गर्ने क्रममा उनले नेतृत्वमा विकल्प नभएको तर्क गरेका थिए ।

तर, अब लामिछानेविरुद्ध लगाइएको मुद्दा प्रमाणित भएमा उनी आजीवन पार्टी सभापति बन्नै नमिल्ने भएको छ । जुन रास्वपाकै विधानमा उल्लेख छ ।

लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको छ ।

उनीमाथि २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा बिगो माग दाबी गरिएको छ ।

प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दा दायर गरेको हो ।

लामिछाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भए सभापति त परै जाओस् आजीवन पार्टी सदस्य समेत हुन पाउँदैनन् । जुन पार्टी विधानको धारा १३ मा प्रस्टसँग भनिएको छ ।

पार्टी सदस्य हुन पाउने योग्यतामा भनिएको छ ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर, हत्यासम्बन्धी कसुर वा नैतिक पतन देखिने अभियोगमा सजाय पाएको’ व्यक्ति आजीवन रास्वपा सदस्य हुन अयोग्य ठहरिन्छ ।

भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारप्रसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर, हत्यासम्बन्धी कसुर वा नैतिक पतनबाहेकका अभियोगमा सजाय पाएको व्यक्ति भने सजाय भुक्तान गरेको एक वर्षपछि रास्वपा सदस्य हुन सक्ने व्यवस्था विधानमा छ ।

कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित)को दफा २७ अनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन भएको बताइएको छ ।

नेतृत्वको विकल्पको चर्चा

लामिछानेविरुद्धको मुद्दाले पार्टीभित्र नेतृत्वको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको छ ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालले नेतृत्वको विकल्प नरहेको बताए पनि यदि कसुर प्रमाणित भएमा अरू चयन गर्नैपर्नेछ ।

अहिले भने लामिछानेले हिरासतबाटै पार्टी चलाइरहेका छन् ।

उपसभापति डीपी अर्याल भने हरेक महत्त्वपूर्ण निर्णय लिनुअघि ‘तारिख’ धाएजस्तै रवि भेट्न प्रहरी हिरासत धाउने गर्छन् । पार्टीमा निर्णय गराउनुअघि रविसँग सल्लाह गर्ने र बैठकमा आएर निर्णय गराउने गर्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register