एडिडासको एक्सचेन्ज अफर सार्वजनिक

काठमाडौँ। एडिडासको नेपालका लागि आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिले सामाजिक उत्तरदायित्व अन्र्तगत एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले तीन वटा सामाजिक संस्थासँग सहकार्य गर्दै वल्ड सुज एक्सचेन्ज (पुरानो जुत्ता दिएर नयाँ जुत्तामा छुटको अफर) घोषणा गरेको हो । जस अनुसार १२ हजार ९ सय ९० रुपैयाँसम्मका जुत्तामा ३ हजार छुट, १२ हजार ९ सय […]

Dec 23, 2024 - 10:10
 0
एडिडासको एक्सचेन्ज अफर सार्वजनिक

काठमाडौँ।

एडिडासको नेपालका लागि आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिले सामाजिक उत्तरदायित्व अन्र्तगत एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले तीन वटा सामाजिक संस्थासँग सहकार्य गर्दै वल्ड सुज एक्सचेन्ज (पुरानो जुत्ता दिएर नयाँ जुत्तामा छुटको अफर) घोषणा गरेको हो ।

जस अनुसार १२ हजार ९ सय ९० रुपैयाँसम्मका जुत्तामा ३ हजार छुट, १२ हजार ९ सय ९० रुपैयाँदेखि २२ हजार ९ सय ९० रुपैयाँसम्म पर्ने जुत्तामा ४ हजार ५ सय छुट, २२ हजार ९ सय ९० भन्दा माथिको जुत्तामा ७ हजार ५ सय छुट दिने घोषणा गरेको छ ।

सो योजनाअन्र्तगत राजधानीमा रहेको एडिडासको आधिकारिक सो रूपमा यो अफर लागू हुने कम्पनीले जनाएको छ । जुनसुकै ब्राण्डको पुरानो जुत्ता ल्याएर अफरमा सहभागी बन्न पनि कम्पनीले आग्रह गरेको छ ।

यसरी सङ्कलन भएको पूराना जुत्ता तथा नगद ती तीन वटा सामाजिक संस्थालाई प्रदान गर्ने पनि संस्थाले जनाएको छ । यो योजना डिसेम्वर २५ देखि २०२५ जनवरी २४ सम्म सञ्चालन हुने छ ।

सामाजिक उत्तर दायित्वलाई आफ्नो मूल मर्म बनाउँदै आएको सो कम्पनीले बिगतमा पनि बिभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै साहारा बिहीनहरूका लागि थोरै मात्रामा भए पनि हातेमालो गर्दै आएको थियो ।

सिएनएन हिरो अनुराधा कोइराला, अल्ट्रा धावक हरिबहादुर रोकायाले सञ्चालन गरेको अभियानमा समेत हातेमालो गर्दै आएको थियो । यस पटक पनि कम्पनीले तीन वटा सामाजिक संस्थालाई सहयोग गर्ने उद्देश्य लिएको छ।

यस रुट्स फेसन प्रालि अन्र्तगत एडिडासको नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा काम गर्दै आएको छ । कम्पनीले दरवारमार्ग, जावलाखेल, न्युरोड, सिभिल मल, सिटी सेन्टर एडिडासको आउललेट सञ्चालन गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register