कांग्रेसमा डिजिटल टीम बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसलको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘डिजिटल टीम’ बनाउने बारेमा छलफल सुरू भएको छ । नेपालीमाझ सामाजिक सञ्जाल लोकप्रिय बन्दै गएको र फेसबुकका नेपाली प्रयोगकर्ता एक करोड नाघेको भन्दै पार्टीको ‘डिजिटल टीम’ बनाउने प्रस्तावमा कांग्रेसले छलफल सुरू गरेको हो । जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा […]

Feb 4, 2025 - 12:27
 0
कांग्रेसमा डिजिटल टीम बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसलको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘डिजिटल टीम’ बनाउने बारेमा छलफल सुरू भएको छ ।

नेपालीमाझ सामाजिक सञ्जाल लोकप्रिय बन्दै गएको र फेसबुकका नेपाली प्रयोगकर्ता एक करोड नाघेको भन्दै पार्टीको ‘डिजिटल टीम’ बनाउने प्रस्तावमा कांग्रेसले छलफल सुरू गरेको हो ।

जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा पोखरामा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमको बन्दसत्रमा प्रतिष्ठानका तर्फबाट सदस्य विश्वदीप लामिछानेले ‘नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव’ विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा केन्द्रदेखि स्थानीय तहसम्म चारवटा टीमको परिकल्पना गरिएको छ । जसमा ‘डिजिटल टीम’को संरचनामा राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय तहसम्म हुनेछ ।

लामिछानेले कार्यपत्रमा नेपालमा एक करोड ३५ लाख (जनसंख्याको ४३.५ प्रतिशत) नागरिकले फेसबुक, एक करोड आठ लाख ५० हजार नेपालीले फेसबुक म्यासेन्जर, ३६ लाखले इन्सटाग्राम, ६ लाखभन्दा बढीले एक्स (ट्विटर) र १५ लाखभन्दा बढीले टिकटक प्रयोग गरिरहेको कार्यपत्रमा उल्लेख गरेका छन् । साथै, खाडी र मलेसियामा २० लाख तथा भारतबाहेकका अन्य मुलुकमा २५ लाख नेपालीले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको लामिछानेले उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् मतदाताहरूसँग सजिलै सम्पर्क तथा संगठित गर्न सकिने र मतदानका लागि प्रेरित गर्न सकिने तर्क गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register