मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भू-भाग हिउँले ढाक्यो

उलान बातोर । मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ । ‘मङ्गोलियाको कम्तीमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,’ मौसम एजेन्सीले भनेको छ, ‘देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको छ ।’ मङ्गोलिया जाडोको लागि प्रसिद्ध छ । गत हिउँदमा देशमा पाँच दशक […]

Dec 24, 2024 - 07:47
 0
मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भू-भाग हिउँले ढाक्यो

उलान बातोर । मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ ।

‘मङ्गोलियाको कम्तीमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,’ मौसम एजेन्सीले भनेको छ, ‘देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको छ ।’

मङ्गोलिया जाडोको लागि प्रसिद्ध छ । गत हिउँदमा देशमा पाँच दशक यताकै सबैभन्दा ठूलो हिमपात भएको थियो, जसका कारण ठूलो बाढी आएको थियाे । साथै लाखौं पशुधनको क्षति भएको थियो ।

यस हिउँदमा एसियाली देशका अधिकांश भागहरूमा दीर्घकालीन औसतभन्दा चिसो तापक्रम बढ्ने मौसमविद्ले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register