दराजले ‘न्यू इयर मेगा सेल’ को आयोजना गर्दै, सेल पुस १० गतेदेखि २१ गतेसम्म चल्ने !

काठमाडौँ । दराजले न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ । नेपालकै अग्रणी ई-कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागतार्थ १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको हो । दराजले १.१ न्यू इयर मेगा सेल पुस १० गतेदेखि पुस २१ गतेसम्म चल्ने जनाएको छ । यस मेगा सेलमार्फत नयाँ वर्षको भब्य स्वागत […]

Dec 24, 2024 - 08:17
 0
दराजले ‘न्यू इयर मेगा सेल’ को आयोजना गर्दै, सेल पुस १० गतेदेखि २१ गतेसम्म चल्ने !

काठमाडौँ । दराजले न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ । नेपालकै अग्रणी ई-कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागतार्थ १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको हो ।

दराजले १.१ न्यू इयर मेगा सेल पुस १० गतेदेखि पुस २१ गतेसम्म चल्ने जनाएको छ । यस मेगा सेलमार्फत नयाँ वर्षको भब्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई नि:शुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुट सहितको विशेष फ्ल्याश सेल डिलहरू र २ करोड रुपैयाँ बराबरको भाउचरहरूसमेत उपलब्ध गराउनेछ ।

दराजको १.१ न्यू इयर मेगा सेलमार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा ४ हजारसम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ ।

गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको दराज १.१ न्यू इयर मेगा सेल उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।

त्यस्तै, मेगा सेल केवल छुटहरूमा मात्र सिमित नभएको र यस मार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज् अन्तर्गत रु ६९९, रु ९९९ र रु १९ सय ९९ भित्रको विशेष अफरहरूको मज्जासमेत लिन सक्नेछन् । दराजले आफ्ना सम्मानित ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर ग्राहकहरूले दराज एपमा कार्ड मार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन्:

११ पौष (बिहीबार): एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (रु. ७५० सम्म) को लाभ उठाउन सक्नेछन् ।

१२ पौष (शुक्रबार): एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १० प्रतिशत छुट (रु ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।

पौष (शनिबार): हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (रु ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (रु ५०० सम्म) को लाभ उठाउन सक्नेछन् । वर्षको अन्त्यमा सबैका लागि केहि न केही आकर्षक छुट बोकेको उत्कृष्ट अनलाइन सेल आउँदै गरेको बताउँदै दराजले उपभोक्तालाई आफ्नो क्यालेन्डरमा २५ डिसेम्बरमा चिन्ह लगाउन अनुरोधपनि गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register