दशरथ रंगशालामा ‘फिफा फुटबल फर स्कुल्स’को ‘ड्रिल’ (तस्वीरहरू)

काठमाडौं । काठमाडौंस्थित दशरथ रंगशालामा फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) ‘फुटबल फर स्कुल्स’का क्रममा विभिन्न स्कुलका विद्यार्थीहरूले समूहमा अभ्यास गरेका छन् । उक्त कार्यक्रमअन्तर्गत ४५ जना प्रशिक्षकलाई पनि तालिम दिइएको थियो । ४५ जनालाई ९ समूहमा विभाजन गरी रणनीतिक शैलीमा २ दिने प्रशिक्षण दिइएको थियो । जसले पछि अन्य प्रशिक्षकलाई तालिम दिनेछन् । फिफाले सन् २०१९ […]

Jul 31, 2025 - 11:25
 0
दशरथ रंगशालामा ‘फिफा फुटबल फर स्कुल्स’को ‘ड्रिल’ (तस्वीरहरू)

काठमाडौं । काठमाडौंस्थित दशरथ रंगशालामा फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) ‘फुटबल फर स्कुल्स’का क्रममा विभिन्न स्कुलका विद्यार्थीहरूले समूहमा अभ्यास गरेका छन् ।

उक्त कार्यक्रमअन्तर्गत ४५ जना प्रशिक्षकलाई पनि तालिम दिइएको थियो । ४५ जनालाई ९ समूहमा विभाजन गरी रणनीतिक शैलीमा २ दिने प्रशिक्षण दिइएको थियो । जसले पछि अन्य प्रशिक्षकलाई तालिम दिनेछन् ।

फिफाले सन् २०१९ मा फुटबल फर स्कूल्स कार्यक्रम औपचारिक रुपमा सुरु गरेको थियो । विश्वभर १३९ राष्ट्रमा यो कार्यक्रम छ ।

यो कार्यक्रम फिफा र युनेस्कोको संयुक्त सहकार्यमा सञ्चालनमा गरिएको हो । यस कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा सहयोग पुर्‍याउने उद्देश्य राखेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विद्यालयस्तरका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रूपमा सबल बनाउने लक्ष्यसहित यो कार्यक्रम अघि बढाइएको हो ।

यो कार्यक्रम सबै वर्ग, जाति, लिङ्ग र भौगोलिक क्षेत्रका बालबालिकालाई समेट्ने गरी समावेशी र सहज पहुँचयुक्त बनाइएको एन्फाको दाबी छ । देशका ७७ वटै जिल्लाका १,०७२ विद्यालयमा यसको कार्यान्वयन गरिनेछ भने कार्यक्रमअन्तर्गत ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने लक्ष्य राखिएको छ ।

यो कार्यक्रम एन्फाको समन्वयमा तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा अघि बढाइएको हो । यस कार्यक्रमले ग्रास रुट फुटबलमा योगदान पुग्ने एन्फाले विश्वास गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबल हस्तान्तरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए ।

औपचारिक कार्यक्रम सुरु हुनु अगाडिका तस्वीरहरू – 

   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register