गल्फ इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न, १३० भन्दा बढी प्रतिनिधिको सहभागिता
वीरगन्ज । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले गल्फ इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न गरेको छ । वीरगन्जमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी ‘ड्राइभिङ पार्टनरसीप, फ्युलिङ सक्सेस’ नारासहित कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कम्पनीका महाप्रबन्धक गङ्गा राज भट्टराई, वीरगन्जका नगर प्रमुख राजेश […]

वीरगन्ज । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले गल्फ इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न गरेको छ ।
वीरगन्जमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी ‘ड्राइभिङ पार्टनरसीप, फ्युलिङ सक्सेस’ नारासहित कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा कम्पनीका महाप्रबन्धक गङ्गा राज भट्टराई, वीरगन्जका नगर प्रमुख राजेश मान सिंह, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल लगायतले उपस्थिति जनाएका थिए ।
सो कार्यक्रममा गल्फ इन्टरनेशनलका प्रतिनिधिहरूले विभिन्न औद्योगिक क्षेत्रका सरोकारवालाहरूसँग गल्फ लुब्रिकेन्टको प्राविधिक पक्षमा चर्चा गर्दै, स्टिल, सिमेन्ट, निर्माण, खानी लगायतका औद्योगिक क्षेत्रका लागि गल्फ लुब्रिकेन्ट किन उपयुक्त छ भन्ने विषयमा विस्तृत प्रस्तुति र छलफल गरेका थिए ।
सो कार्यक्रममा विभिन्न औद्योगिक क्षेत्रका १३० भन्दा प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बोल्दै कम्पनीका महाप्रबन्धक भट्टराईले भने ‘नेपाल ल्यूब आयलले आगामी दिनहरूमा सिंथेटिक उत्पादनहरू उत्पादन गर्न आफ्नो क्षमता विस्तार गर्ने योजना अघि सारेको छ । यसका लागि आवश्यक अत्याधुनिक प्रयोगशाला र परीक्षण सुविधाहरूको पनि विस्तार गरिरहेको छ ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँदै आइरहेको छ ।
What's Your Reaction?






