बंकरमा खामेनेई, आफ्नो हत्या हुनसक्ने भन्दै चयन गरे सम्भावित उत्तराधिकारी

काठमाडौं । इजरायल र इरानबीच जारी युद्धको तनाव चरममा पुगेपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले राजधानी तेहरानस्थित आफ्नो निवास छाडेर एक सुरक्षात्मक भूमिगत बंकरमा बसाई सरेका छन् । न्यूयोर्क टाइम्सका अनुसार इजरायली बम आक्रमणपछि आफूलाई निशानामा पारेर हत्या हुनसक्ने सम्भावना रहेको भन्दै खामेनेईले बंकरमा सुरक्षात्मक आवास रोजेका हुन् । ८६ वर्षका खामेनेईले सुरक्षाका कारण […]

Jun 21, 2025 - 14:48
 0
बंकरमा खामेनेई, आफ्नो हत्या हुनसक्ने भन्दै चयन गरे सम्भावित उत्तराधिकारी

काठमाडौं । इजरायल र इरानबीच जारी युद्धको तनाव चरममा पुगेपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले राजधानी तेहरानस्थित आफ्नो निवास छाडेर एक सुरक्षात्मक भूमिगत बंकरमा बसाई सरेका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार इजरायली बम आक्रमणपछि आफूलाई निशानामा पारेर हत्या हुनसक्ने सम्भावना रहेको भन्दै खामेनेईले बंकरमा सुरक्षात्मक आवास रोजेका हुन् ।

८६ वर्षका खामेनेईले सुरक्षाका कारण सबै इलेक्ट्रोनिक उपकरण बन्द गरी पूर्णरूपमा सम्पर्कविहीन जीवनशैली अपनाएको बताइएको छ ।

युद्ध र आन्तरिक सुरक्षामा व्यापक चुनौती उत्पन्न भएपछि खामेनेईले तीन सम्भावित उत्तराधिकारीको नाम पनि चयन गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खामेनेईको उत्तराधिकारीको रूपमा तीन व्यक्तिको सूची तयार पारिएको भए पनि उनको छोरा मोज्तबा खामेनेई भने ती नामहरूमा नरहेको स्रोतहरूले जनाएको छ । यो प्रक्रिया सामान्यतया महिनौं लगाएर सम्पन्न गरिने भए पनि हाल युद्धको परिस्थितिलाई ध्यानमा राख्दै छिटो टुंगो लगाइएको बताइएको छ ।

यता, इरानी संसद्‌का सभामुख मोहम्मद घालिबाफले मुलुकमा “गम्भीर सुरक्षा तथा गुप्तचर त्रुटि” भएको स्वीकार गरेका छन् । इजरायली कारबाहीमा इरानी इस्लामिक रिभोल्युशनरी गार्ड कोर (IRGC) का धेरैजसो उच्चकमाण्डहरु एकै घण्टाभित्र मारिएको घटनाले चिन्ता थपिएको छ ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले खामेनेईलाई “सजिलो निशाना” भन्दै उनको मृत्युले युद्ध सकिन सक्ने संकेत गरेका थिए । अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली हत्या योजनामा रोक लगाएको खुलासासमेत भइसकेको छ ।

हाल इरानको नेतृत्व सतर्क र गहिरो असमञ्जसपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । इजरायलद्वारा “अपरेसन राइजिङ लायन”अन्तर्गत इरानभरका सयौँ सैन्य र आणविक केन्द्रमा आक्रमण भइसकेको छ भने इरानले पनि मिसाइल र ड्रोनमार्फत जवाफी कारबाही गरिरहेको छ ।

अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरिरहेका बेला, इरानभित्र नेतृत्वको उत्तराधिकारको तयारीले हालको राजनीतिक र सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको देखिएको छ ।

को हुन् आयतुल्लाह अली खामेनेई, कसरी बने इरानको सर्वोच्च नेता ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register