सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर १ लाख ७१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । गत कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रूपैयाँ […]

Feb 25, 2025 - 05:07
 0
सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर १ लाख ७१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । गत कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रूपैयाँ पुगेको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा १५ रूपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७० रूपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register