कोहलीसँग भनाभन भएको विषयमा अष्ट्रेलियन खेलाडी कन्स्टास के भन्छन् ?
काठमाडौं । मेलवर्न टेस्टको पहिलो दिन भारतीय खेलाडी विराट कोहलीसँग भनाभन भएका अष्ट्रेलियाका खेलाडी साम कन्स्टासले मैदानमा यस्तो भइरहने बताएका छन् । कोहली जानाजान कन्स्टाससँग ठोक्किएपछि आईसीसीले कारबाही गरेको छ । आईसीसीले कोहलीलाई आचार संहिताको लेभल-१ उल्लङ्घन गरेको भन्दै जरिवाना गरेको हो । कोहलीले म्याच फीको २० प्रतिशत जरिवाना तिर्नुपर्नेछ । साथै, उनलाई एक डी-मेरिट […]

काठमाडौं । मेलवर्न टेस्टको पहिलो दिन भारतीय खेलाडी विराट कोहलीसँग भनाभन भएका अष्ट्रेलियाका खेलाडी साम कन्स्टासले मैदानमा यस्तो भइरहने बताएका छन् ।
कोहली जानाजान कन्स्टाससँग ठोक्किएपछि आईसीसीले कारबाही गरेको छ । आईसीसीले कोहलीलाई आचार संहिताको लेभल-१ उल्लङ्घन गरेको भन्दै जरिवाना गरेको हो ।
कोहलीले म्याच फीको २० प्रतिशत जरिवाना तिर्नुपर्नेछ । साथै, उनलाई एक डी-मेरिट अङ्क पनि दिइएको छ ।
बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट बिहीबारदेखि मेलवर्नमा सुरु भएको थियो । यस क्रममा अष्ट्रेलियाका लागि साम कन्स्टास र उस्मान ख्वाजाले ओपनिङ गरेका थिए । यो खेलमा कन्स्टासले पनि डेब्यू गरेका हुन् ।
कन्स्टासले धमाकेदार ब्याटिङ गर्दै आँधीबेहरी रन बनाए । उनले ६५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६० रनको योगदान गरे ।
जब १९ वर्षका कन्स्टास जसप्रित बुमराहजस्ता दिग्गज खेलाडीलाई चौका प्रहार गर्दै थिए, कोहलीले उनलाई उक्साउन अस्ट्रेलियाको स्लेजिङको तरिका अपनाए ।
खेलको दशौं ओभरपछि कन्स्टास आफ्ना सहकर्मी उस्मान ख्वाजातर्फ अगाडि बढिरहेका थिए । यसैबीच कोहलीले पनि बल उठाए र कन्स्टास आउँदै गरेको दिशामा अगाडि बढे ।
त्यसपछि कोहलीले जानाजान कन्स्टाससँग काँध ठोक्काए । त्यसपछि कन्स्टास र कोहलीबीच केही भनाभन भएको देखिन्छ । पछि खेलाडीको बीचमा अम्पायर आएर उनीहरुलाई छुट्याउँछन् ।
घटनाबारे कन्स्टास भन्छन्, ”मलाई लाग्छ कि हामी दुबै भावनाले भरिएका थियौं । म आफ्नो पन्जा मिलाउँदै थिएँ । मलाई लाग्छ कि उनले (विराट कोहली) मलाई टक्कर दिए ।”
कोहलीले स्वीकारे गल्ती, आईसीसीले गर्यो कारबाही
What's Your Reaction?






