एनआरएनए स्कटल्यान्ड अध्यक्षमा शेर केसीको उम्मेदवारी

स्कटल्यान्ड- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको स्कटल्यान्ड राज्य समन्वय परिषदको अध्यक्षमा स्थानीय युवा समाजसेवी शेर केसी उम्मेदवार बन्ने भएका छन् । एनआरएनए स्कटल्यान्डमा सल्लाहकार तथा खेलकुद संयोजकजस्ता जिम्मेवारी सम्हालिसकेका केसीले परिषदको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। समाजसेवामा समर्पित, मिलनसार र सहयोगी स्वभावका केसी लामो समयदेखि स्कटल्याण्डको नेपाली समुदायमा सक्रिय रहँदै आएका […]

Jul 4, 2025 - 16:45
 0
एनआरएनए स्कटल्यान्ड अध्यक्षमा शेर केसीको उम्मेदवारी

स्कटल्यान्ड- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको स्कटल्यान्ड राज्य समन्वय परिषदको अध्यक्षमा स्थानीय युवा समाजसेवी शेर केसी उम्मेदवार बन्ने भएका छन् ।

एनआरएनए स्कटल्यान्डमा सल्लाहकार तथा खेलकुद संयोजकजस्ता जिम्मेवारी सम्हालिसकेका केसीले परिषदको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

समाजसेवामा समर्पित, मिलनसार र सहयोगी स्वभावका केसी लामो समयदेखि स्कटल्याण्डको नेपाली समुदायमा सक्रिय रहँदै आएका छन्। आफूलाई अगाडि ल्याउन नचाहने, तर पछाडिबाट दृढ र निस्वार्थ रुपमा काम गर्न चाहने व्यक्तित्वको रूपमा उनी चिनिन्छन्।

‘नेतृत्व भनेको पद र प्रचार होइन, सेवा र समर्पण हो। मैले कहिल्यै चमकदमक खोजिन, सधैं कामले चिनिन चाहें’, उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, ‘अबको आवश्यकता समावेशी र सहकार्यमा आधारित नेतृत्व हो, जुन म र मेरो टिमले दिन सक्छौं।’

केसीले स्कटल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई समर्थन र सहयोगको लागि अनुरोध गरेका छन्।

‘म सधैं पछाडिबाट काम गर्ने मान्छे हुँ, तर आज म तपाईंहरूसमक्ष खुलेर अनुरोध गर्न चाहन्छु — कृपया मलाई तपाईंहरूको साथ, विश्वास र समर्थन दिनुहोस्। हामी मिलेर एनआरएनए स्कटल्याण्डलाई अझ बलियो, समावेशी र सक्रिय संस्था बनाउनेछौं’,उनले भनेका छन्।

केसी सामाजिक कार्यका साथै खेलकुद क्षेत्रमा पनि सक्रिय रहंदै आएका छन् । उनको सक्रियता र सहभागितामा विगतमा विभिन्न सामाजिक, सांस्कृतिक तथा मानवीय अभियानहरूमा उल्लेखनीय योगदान गरिएकोे छ।

एनआरएनए स्कटल्यान्डको आगामी नेतृत्वको लागि केसीको उम्मेदवारी घोषणाले स्थानीय समुदायमा नयाँ आशा र सकारात्मक ऊर्जा ल्याएको छ।

समर्थकहरूले उनको शान्त, समर्पित र सामूहिक सोच भएको नेतृत्वको खुलेर प्रशंसा गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register